सरकारले तलब बढाएसँगै कर्मचारी र पेन्सनवालको कुन पदको कति पुग्यो [ सूचीसहित ]

आर्थिक समाचार

काठमाडौं । सरकारले कर्मचारीको तलब बढाएको छ ।कर्मचारीको तलबमानमा १५ प्रतिशत वृद्धि भएको हो ।निजामती, सेना र प्रहरीको साउन १ देखि तलबमानमा १५ प्रतिशत वृद्धि हुने अर्थमन्त्री जनार्दन शर्माले जानकारी गराउनुभयो ।बढेको तलबपछि राजपत्रांकित तृतीय तहका कर्मचारीको तलब हाल ३९ हजार ९ सय ७५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, राजपत्रांकित द्वितीय तहका कर्मचारीको तलब ४४ हजार ३ सय ५७ रुपैयाँ पुग्दा राजपत्रांकित प्रथम तहका कर्मचारीहरुको तलब ५१ हजार ३ सय ६५ रुपैयाँ भएको छ ।

सचिव (पेन्सन प्रयोजन) कर्मचारीको तलब बढेर ५४ हजार ५ सय ८२ रुपैयाँ पुग्यो ।राजपत्र अनांकित विशिष्ट सचिवको तलब ६४ हजार ६ सय ५२ रुपैयाँ हुँदा मुख्य सचिव तहका कर्मचारीको ६८ हजार ४ सय ६ रुपैयाँ भएको छ ।

प्रतिनिधिसभामा आगामी आवको बजेट टेबल -प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबल भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट टेबल गर्नुभयो । सभामुख अग्निप्रसाद सापकोटाले बजेटमाथि सैद्धान्तिक छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले दिने जवाफका लागि यही जेठ १७, १८ र १९ गतेको दिन तोक्नुभएको छ ।

प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ १७ गते बिहान ११ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published.