काठमाडौं । निशन्तान महिलाले प्रयोग गर्ने टेस्टुयुब बेबी प्रविधिलाई काठमाडौं बाहिर विस्तार गरिने भएको छ ।संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो उल्लेख गर्नुभएको हो ।
उहाँका अनुसार युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्ब ४६ करोड रकम विनियोजन गरिएको छ ।मानव विकास सूचांक न्यूनत भएका बालबालिकालाई मासिक सुरक्षा भत्ता एक खर्ब ३४ करोड खेल क्षेत्रका लागि ८७ करोड विनियोजन गरिएको कुरा पनि उहाँले बताउनुभयो ।मुलपानीको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य आगामी आर्थिक वर्षमा सकिनेछ ।
कीर्तिपुर क्रिकेट रंगशालालाई राति खेल खेल्न मिल्नेगरी निर्माण गरिने पनि अर्थमन्त्री शर्माले उल्लेख गर्नुभयो । एसियाली र ओलम्पिक खेलकुदमा पदक ल्याउने खेलाडीका लागि आजीवन तलब भत्ताको व्यवस्थापन गरिनेछ ।
यस्तै, म्यादी प्रहरीको सेवामा रहेका युवालाई उद्यमशिलतामा सहभागी गराइनेछ । रिजर्भ फोर्सको रुपमा जतिबेलापनि खटाउन सकिनेगरी राख्ने व्यवस्था गर्ने ।