४५ सय मिटर उचाईमा यस्तो अवस्थामा बास बसेको देखियो विमान खोज्ने टोली [ भिडियोसहित ]

समाचार

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको लामो समय वितिसकेको छ ।उज्यालो रहेसम्म खोजी गर्न गएको टोलीले खोजी गरेको छ । तर अहिलेसम्म अवस्था पत्ता लागेको छैन ।

जोमसोम र पोखराबाट उद्धारका लागि उडेका हेलिकोप्टरहरुपनि मौसम खराबीका कारण सबै क्षेत्रमा खोजी गर्न पुग्न सकेनन् ।

पोखरा विमानस्थलले खोजीका लागि हेलिकप्टर पठाइएको थियो । पोखराबाट दुईवटा हेलिकप्टर पठाइएको तारा एयर सूचना अधिकारी सुदर्शन गड्तौलाले जानकारी दिनुभयो ।तर हेलिकोप्टरमा गएको उद्धार टोली फर्किएको छ । स्थानीयहरुको टोली भने ४५ सय मिटर माथी आज बास बसेको छ ।

उहाँहरुले त्यहाँ यार्सा गुम्बा खोज्नेहरुको गोठमा बास बसेको र भोलि बिहानै देखि खोजीमा लाग्ने भिडियो सन्देश पठाउँनुभएको छ । मुस्ताङ जिल्लाका स्थानीय सुमित गौचन थकालीको टोली अहिले गोठमा बसिरहेको छ । भोलि बिहान जाने तयारी रहेको छ ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार विमान रहेको स्थान अझै पत्ता लाग्न सकेको छैन ।सिलवालले स्थानीय वासिन्दाले विमान रहेको भनी आशंका गरेको क्षेत्र मानापाथी हिमालको फेदीमा पुग्न नेपाली सेनाको टोली प्रयास गरिरहेको पनि उल्लेख गर्नुभएको छ ।

स्थानीय वासिन्दाले मुस्ताङको मानापाथी हिमालको फेदीमा विमान रहेको भनेपछि नेपाली सेनाको टोली त्यसतर्फ गएको छ ।तर टोली नपुग्दै आइतबारका लागि खोजी कार्य स्थगित भएको छ । रात परिसकेकाले आजको खोजी स्थगित भएको बताइएको छ ।विमान पाइलट गौरव घिमिरे र को–क्याप्टेन उत्सव पोखरेल उडाउनुभएको थियो ।

१९ यात्रु र चालक दलका ३ सदस्यसहित २२ जना सहित बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले पुष्टि गर्नुभएको छ ।जहाजमा विदेशी २, भारतीय ४ र १३ जना नेपाली यात्रुको नामावली सार्वजनिक भइसकेको छ ।

Leave a Reply

Your email address will not be published.