यस्तो छ तारा एयरको विमान दुर्घटनास्थल(तस्बिरमा)

समाचार

काठमाडौं । बेपत्ता तारा एयरको विमानको दुर्घटनास्थल भेटिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले हराएको तारा एयरको विमान दुर्घटनास्थल भेटिएको जानकारी दिए । ’खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको छ’ सिल्वालले ट्वीट गरेका छन् ’थप विवरण आउन बाँकी छ ।’

हराएको विमान आज बिहानैबाट फेरि खोजी सुरु गरिएको थियो । मौसम प्रतिकूलताका कारण आइतबार दिनभरको प्रयास असफल भएपछि खोजी कार्य स्थगित गरिएको थियो । सम्पर्कविहीन विमान आइतबार नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरूले खोजीकार्य गरेका थिए ।

पोखराबाट जोमसोम जाने क्रममा तारा एअरको ९ एनएईटी ट्विनअटर आइतबार बिहान बेपत्ता भएको थियो । विमानमा चालक दलका तीन सदस्यका साथै १९ जना यात्रु थिए ।

Leave a Reply

Your email address will not be published.