चर्चित कलाकार बल्छिको सिरियलमा खेल्न थाले सागर, बसन्ते, किस्नेका साथी मिदी, यस्तो छ रोल

समाचार

काठमाडौं । चर्चित कलाकार मरिचमान श्रेष्ठ बल्छि ध्रुवे र राजु पौडेल राजु मास्टरसँग केही हप्ता अघि भाइरल भएका नवराज रेग्मी सिरियल खेल्न थालेका छन् ।

उनीहरुको चर्चित सिरियल हल्का रमाइलोमा आजको अंकदेखि नवराज रेग्मी देखिएका हुन् ।उनले म्यादी प्रहरीलाई मेदी भन्दै सामाजिक सञ्जालमा आएको भिडियो खुबै भाइरल भइसकेको थियो ।

केही हप्ताअघि सामाजिक सञ्जालमा सागर, बसन्ते, किस्ने केटाहरु नडरा है, अब तेरो दाई मिदी भइसकेको छ भन्दै म्यादीको ड्रेसमा नवराज सामाजिक सञ्जालमा आएका थिए ।

उनले नेपाल प्रहरीलाई नै असर पर्ने र समाज भड्काउँने खालका अपाच्य शब्द समेत बोलेका थिए । त्यही कारण उनलाई प्रहरीले पक्राउ समेत गरेको थियो ।

अब फेरी त्यसो नगर्ने वाचा गराएर उनी प्रहरीको हिरासतबाट फर्किएका थिए । त्यहाँबाट फर्किपछि उनले आफ्नै युबट्युब च्यानल खोलेका छन् । च्यानलमा विभिन्न भिडियोहरु अपलोड गरिरहेका छन् ।

उनले अभिनेत्री स्वस्तिमा खड्का, नायक दयाहाङ्ग राई लगायतलाई भेटेर भिडियो बनाएका थिए । आजको हल्का रमाईलो हास्य टेलिश्रृङ्खलामा उनले बलात्कारीविरुद्ध आवाज उठाएका छन् ।

बलात्कारीबाट बच्नका लागि प्रतिरक्षाको तालिम दिन भनेर उनी पुगेका हुन्छन् । उनको एउटा मात्र सम्वाद भएपनि समाजलाई पाठ सिकाउने खालको छ । उनले सागर, बसन्ते, किस्ने बलात्कारीलाई अचार पिसे झै पिस्ने भनेर बोलेका छन् ।

Leave a Reply

Your email address will not be published.