नेपाली राष्ट्रिय पोशाक लगाएर पत्निसहित सपथग्रहणमा पुगे बालेन, मञ्चमा बसेर मुसुमुसु मुस्कुराइरहेका दृश्य भाइरल

समाचार

काठमाडौंको मेयरमा निर्वाचित भएका बालेन्द्र साह ९बालेन०ले आज सपथ लिएका छन् । काठमाडौँ उपत्यकामा बालेनसहित निर्वाचित सबै जनप्रतिनिधिलाई काठमाडौंका मुख्य निर्वाचन अधिकृतले सपथग्रहण गराएका छन् ।

सपथ ग्रहण समारोहमा बालेनले दौरासुरुवालमा कालो टोपी र आफ्नो ट्रेडमार्कका रुपमा रहेको कालोचश्मा लगाएका छन् । नेपाली राष्ट्रिय पोशाकमा ठाँटिएका बालेनसगै उनकी पत्नी सविता काफ्ले पनि सहभागी भएकी छिन् ।

मञ्चमा उनको दायाँ काठमाडौंकी उपमेयर सुनिता डंगोल बसेका तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन् । उपमेयर सुनिता सँधैजसस्तो चोलो र साडीमा सजिएकी छिन् ।

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

मेयर साहले सुरुमा नेपाली भाषामा सपथ लिएका थिए भने त्यसपछि नेपाल भाषामा सपथ लिएका थिए । त्यस्तै, नवनिर्वाचित उपमेयर सुनिता डंगोलले समेत पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् ।

उपमेयर डंगोललाई मेयर साहले सपथ ग्रहण गराएका हुन् । उपमेयर डंगोलले भने नेपाल भाषामै सपथ लिएकी हुन् । मेयर साहले नेपाली भाषामा सपथ ग्रहण गराउँदा डंगोलले नेपाल भाषामा सपथ लिएकी हुन् ।

मेयर साहले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित वडाध्यक्ष, नगर कार्यसमिति सदस्यहरूलाई समेत पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

Leave a Reply

Your email address will not be published.