स्यानिटरी प्याड आयातमा भन्सार शुल्क कटौती

आर्थिक समाचार

काठमाडौं । सरकारले स्यानीटरी प्याडको आयातमा भारी मात्रामा भन्सार कटौती गरेको छ ।संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडको भन्सार शुल्क ९० प्रतिशतले घटाइएको जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षसम्म स्यानिटरी प्याड आयातमा १५ प्रतिशत भन्सार महशुल लाग्दै आएको थियो ।

यस्तै नेपालमै स्यानीटरी प्याड उद्योग खोल्न चाहे त्यसको कच्चा पदार्थ आयातमा एक प्रतिशत मात्रै कर लाग्ने व्यवस्था बजेटमा गरिएको छ ।सरकारी निकायले वितरण गर्ने स्यानीटरी प्याड नेपाली उत्पादन नै किन्नुपर्ने बजेटमा उल्लेख छ ।

एमालेका प्रभावशाली नेता महेश बस्नेतको शल्यक्रिया पूर्ण सफल-काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता भक्तपुर जिल्लाबाट विजयी सांसद महेश बस्नेत अचानक बिरामी पर्नुभएको छ ।उहाँको पित्तथैलीमा पत्तथरी देखिएको छ । अस्वस्थ भएपछि उहाँको पित्तथैलीमा रहेको पत्तथरी शल्यक्रिया गरेर निकालिएको छ ।

उहाँको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा शल्यक्रिया सफलता पूर्वक सम्पन्न भएको पारिवारीक स्रोतले पुष्टि गरेको छ ।

उहाँको उद्योग मन्त्री भएका बेलापनि एउटा शल्यक्रिया गरिएको थियो । भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उहाँको एपेन्डिक्सको शल्यक्रिया गरिएको थियो ।

पेट अत्याधिक दुखेपछि त्यहाँ पुग्नुभएको उहाँको एपेन्डिक्समा समस्या देखिएको थियो ।त्यसपछि अतिसघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । एपेन्डिक्सको अप्रेशनपछि उहाँको यो दोस्रो अप्रेशन हो ।

Leave a Reply

Your email address will not be published.