काठमाडौं । मुस्ताङमा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव अहिले संकलन भइरहेको छ। घटनास्थल मुस्ताङको थासाङ गाउँपालिका– २, सानुसरेको पहाडमा पुगेर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले शव संकलन गरिरहेका छ्न्।
हालसम्म १६ जनाको शव भेटिएको छ। उनीहरूको पहिचान भने भएको छैन। शव संकलन गरेर काठमाडौं पुर्याइ आफन्तको जिम्मा लगाइनेछ।
आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एअरको नाइनएनएईटी ट्विनअटर जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
पोखराबाट जोमसोमका लागि उडेको जहाजमा चालक दलका तीन सदस्यका साथै १९ जना यात्रु थिए। यसमा धनुषाका एकैपरिवार सात जना र गोरखाका एकैपरिवारका चार जना परेका छन्। यात्रुमध्ये १३ नेपाली, चार भारतीय र दुई जर्मन नागरिक थिए। विमान क्याप्टेन प्रभाकर घिमिरले उडाएका थिए। चालक दलमा कोपाइलट उत्सव पोखरेल र एअरहोस्टेज किस्मी थापा थिए।
तस्बिरहरु