तारा एयरको विमान दुर्घटना : चालक दलसहित सबै यात्रुको शव भेटियो

मनोरंजन समाचार

काठमाडौँ । तारा एयरको विमान दुर्घटनामा परेर मृत्यु भएका सबै यात्रुको शव भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका– २ कोवाङको सिरानमा रहेको चट्टानी पहरामा विमानका अवशेषहरु सँगै लासहरु यत्रतत्र छरिएर रहेको अवस्थामा भेटिएका हुन् ।

भेटिएका मध्ये आधा जति लासहरु पहराबाट उठाएर बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ भने अन्य लासहरु पनि झार्ने क्रम जारी छ । मौसमी तथा भौगोलिक प्रतिकुलताका कारण उद्धारमा कठिनाइ भइरहेको जनाइएको छ ।अहिले पनि सुरक्षाकर्मीहरुको टोलीले उद्धारको प्रयास जारी राखेको छ । संकलित शवहरुको पोष्टमार्टम तथा मुचुल्का बनाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहानदेखि बेपत्ता रहेको जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । सो दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृत्यु भएको छ ।

नायिका मिरुनाले दर्शकलाई हानिन् थप्पड (भिडियो)-काठमाडौं । अहिले हलमा सफलताका साथ प्रदर्शन भइरहेको कबड्डी ४ की नायिका मिरुना मगरले एक दर्शकलाई आफूमाथि ‘दुर्व्यवहार’ गरेको भन्दै प्रहरीको जिम्मा लगाएकी छन् ।

तामाङ थरका ती दर्शकले आफूलाई नियतवस पिठ्यूमा छोएको मगरको आरोप छ ।सिभिल मलको सातौं तल्लामा रहेको कफी सपमा हिजो दिउँसो अढाइ बजे सो घटना भएको थियो । तामाङले आफूलाई दुर्व्यवहार गरेको भन्दै मिरुनाले उनलाई गालामा थप्पड हानेकी थिइन् ।

त्यसपछि तामाङले सबैको अगाडि माफी मागे । तर, मिरुनाले माफी दिइनन् । उनले न्युरोडस्थित महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरीलाई खबर गरिन् । त्यहाँबाट आएका प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको छ ।

तामाङ अहिले पनि प्रहरी हिरासतमै छन् । तर, मिरुनाले उनीविरुद्ध जाहेरी दिएकी छैनन् । यदि मिरुनाले जाहेरी दिएमा म्याद थप गरिने नत्र आजै छाड्ने तयारी भएको प्रहरी स्रोतको भनाइ छ ।

काठमाडौं प्रहरीका प्रवक्ता दिनेश मैनालीले चलचित्रकी एक महिला कलाकारले आफूमाथि दुर्व्यवहार गरेको भनेर मौखिक उजुरी गरेपछि एक पुरुषलाई नियन्त्रणमा लिइएको बताए ।

Leave a Reply

Your email address will not be published.