तारा एयरको विमान दुर्घटनामा परेका २२ जनाकै शव भेटियो, शवहरुको पहिचान हुन बाँकी

समाचार

काठमाडौं १६ जेठ ।आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा परेका सबै यात्रुको शव फेला परेको छ ।

मुस्ताङको थसाङ गाउँपालिका२ को सानोस्वारे भीरमा तारा एयरको यात्रुवाहक जहाजमा सवार सबैको शव भेटिएको हो । फेला परेको शव मध्ये १० वटा बेनी–जोमसोम सडक खण्डअन्तर्गत कोवाङमा लगिएको छ ।

बाँकी शव ल्याउने क्रममा जारी रहेको र उद्धार कार्य पनि भइरहेको बताइएको छ । फेला परेका शवहरुको पहिचान भने भएको छैन ।कोवाङ झारिएका शवको मुचुल्का उठाउन सुरु गरिएको छ ।

शव उद्धारकर्ताले भीरमा बोकेर झार्नुपर्ने भएकोले एकै खेपमा उद्धार सम्भव नभएको बताइएको छ । शवको मुचुल्का तयार पारी शव काठमाडौं लैजाने तयारी समेत भएको बताइएको छ ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना हुँदा १९ यात्रु र तीन चालक दलका गरी २२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published.