विद्यासुन्दरले पाँच बर्षसम्म नगरेको काम बालेनले एक दिनमै भ्याइदिएपछि…(भिडियोसहित)

समाचार

काठमाडौँ – नेकपा एमालेबाट निर्वाचित निवर्तमान मेयर विद्यासुन्दर शाक्यले पाँच बर्षमा गर्न नचाहेको काम स्वतन्त्रबाट नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले एक दिनमै भ्याइदिएका छन् ।

५ बर्षको अवधिमा काठमाडौंको फोहोर फालिने मुख्य स्थानमा पूर्वमेयर शाक्यले ५ बर्षको अवधिमा पुगेर कुनै कदम चालेका थिएनन् तर निर्वाचित भएको पहिलो दिन नै बालेनले त्यहा पुगेर सबै कुरा बुझेर एक दुई दिन मै समस्या समाधानसम्म गर्ने छनक देखाइदिएका छन् । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले उपत्यकाको फोहर व्यवस्थापनका लागि काम थालेका छन् ।

उनी निर्वाचित भएकै दिन फोहोर व्यवस्थापन सम्बन्धि जानकारी लिन नुवाकोटस्थित ओखर पौवाको डम्पिङ क्षेत्र गुगेका छन् । चुनावी अभियानमा रहँदा उनी सधैँ कालो चस्मामा देखिँदै आएका थिए । ओखर पौवा पुगेर चस्मा खोलेका छन् ।

चस्मा लगाउँदा बास्तविक दृष्य नआउने भएकाले उनले चस्मा खोलेका हुन् । तर ओखर पौवाको डम्पिङ क्षेत्र पुग्दा चुनावी अभियानमा जस्तै टिसर्टमाथि कोट भने लगाएका थिए ।

काठमाडौंको मेयरको शपथग्रहण गरेकै दिन धन्यवाद जुलुस सकेर शुक्रबार अपरान्ह उनी ओखरपौवाको डम्पिङ क्षेत्रको अनुगमन गर्न पुगेका हुन् । त्यसक्रममा मेयर साहले स्थानीयको माग सम्बोधन गरेर जाने र त्यसका लागि योजना पनि बनाइसकेको जानकारी गराएका थिए ।

शाहको भानाई पछि ओखर पौवाका जनता खुशी भएका थिए । शाहले बनाएको कार्ययोजना अनुसार अब काठमाडौँको फोहरको व्यवस्थापन हुनेछ । शाहको पहिलो कामनै फोहोर व्यवस्थापनको हुने बताइएको छ ।

https://video.fktm1-2.fna.fbcdn.net/v/t42.1790-2/282279905_558517605839709_974415420690458498_n.mp4?_nc_cat=108&ccb=1-7&_nc_sid=985c63&efg=eyJybHIiOjUzMiwicmxhIjoxMDI5LCJ2ZW5jb2RlX3RhZyI6InN2ZV9zZCJ9&_nc_ohc=w9obIYat05IAX83zaDF&rl=532&vabr=296&_nc_ht=video.fktm1-2.fna&edm=AGo2L-IEAAAA&oh=00_AT9kkJufE9pDZ4qga4Bh1GhZ2Gng1WZHC650mtzERw57Og&oe=6294E1AE

Leave a Reply

Your email address will not be published.