शिक्षामा बजेट : शिक्षक र विद्यार्थीका लागि यस्ता छन् कार्यक्रम

आर्थिक समाचार

काठमाडौं । सरकारले तथ्य र विज्ञानमा आधारित शिक्षालाई प्रवद्र्धन गर्दै लगिने जनाएको छ ।अर्थमन्त्री जनार्दन शर्माका अनुसार युवा साक्षरता शतप्रतिशत पुर्याउन अभियान सञ्चालन गरिनेछ ।

विद्यार्थीलाई कक्षाकोठाबाटै सीप सञ्चालन गर्न थप बजेट विनियोजन गरिएको हो । शिक्षासँग सीप भन्ने अभियानका लागि माध्यमिक तहका विद्यार्थीका लागि पाठ्यक्रम निर्माण गरिनेछ ।

माद्यमिक विद्यालयमा अनलाइन शिक्षाका लागि १० करोड रुपैयाँ छुट्याइएको छ । ‘हाम्रो विद्यालय हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गरिनेछ ।उहाँका अनुसार उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति न्युन गर्न सूचना अध्ययन प्रदान गर्न प्रतिष्ठान स्थापना गरिनेछ ।

नेपालका उच्च शैक्षिक संस्थामा विदेशी विद्यार्थीका लागि कोटा दिइने पनि उहाँले बताउनुभयो । प्राविधिक शिक्षालाई प्रदेशमा लगिने छ, त्यसका लागि आठ अर्व ३० करोड निनियोजन गरिएको छ ।

कक्षा ६ सम्म दिवा खाजा दिने सरकारको घोषणा छ । यो क्रमश ८ कक्षासम्म पुर्याउँने सरकारले लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published.