तारा एयर दुर्घटना : पोखराबाट श<व ल्याइँदै, त्रिभुवन विमास्थलमा मृ<त<कका परिवार

समाचार

काठमाडौं :मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याउने तयारी गरिएको छ । विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोखराविमानस्थलमा झारिएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् शव पोखरा विमानस्थल लगिएको हो ।शवहरु पोखराबाट काठमाडौं ल्याएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने र त्यसपछि आफन्तको जिम्मा लगाइने जनाइएको छ ।

शव ल्याइने भएपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार जम्मा हुन थालेका छन् ।

आइतबार विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित २२ जना सवार विमान उडान भरेको केही मिनेटमै सम्पर्क विहीन भएको थियो। उक्त विमान सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमान दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published.