प्रक्रिया सिकेर आउनुहोस भन्दै हप्काउने वडाध्यक्षको बोली नै बन्द हुनेगरी बालेनले फर्काए ‘पथ्थरको जवाफ फुलबाट’ (भिडियोसहित)

राजनिति समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमै वडाध्यक्षहरुले नवनिर्वाचित मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोललाई काम गर्न सजिलो छैन है भन्ने सन्देश दिएका छन् । पहिलो कार्यपालिका बैठक नै तनावबीच सकिएको हो ।

महानगरपालिकाका प्रमुख र उपप्रमुखसहितका जनप्रतिनिधिले शपथ लिएर पदभार ग्रहण गरेपछि बसेको कार्यपालिका बैठकमा वडाअध्यक्षहरूले कार्यकारी अधिकृत लोकनाथ पौडेललाई घेरेका हुन्।

बैठकको अन्तिममा मेयर बालेन साहको तर्फबाट भन्दै पौडेलले निर्णय नै सुनाउन थालेपछि काठमाडौं वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालसहितका जनप्रतिनिधि आक्रोशित भएका थिए। पौडेलले काठमाडौंको सरसफाइसहित, कर्मचारीको विदा र अन्य निर्णय सुनाउन थालेपछि वडाअध्यक्ष रिजालले उनलाई रोक्दै छलफलै नभएको भनेर आपत्ति जनाएका थिए।

केही वडाध्यक्ष बालेनलाई पक्रिया सिकेर आउनुस् भन्दै चर्को स्वरमा हप्काएका छन् । कांग्रेसबाट विजयी रिजालले प्रस्ताव गर्ने, निर्णय लेख्ने र पास गर्ने पनि आफूहरुले सिकाउनुपर्ने भन्दै घेराबन्दी गरेपछि पौडेलपछि हटेर माइक साहलाई थमाएका थिए। बैठकमा तनाव सिर्जना हुने वातावरण बनाउन वडाध्यक्षलाई बालेनले फुलको जवाफ पथ्थरबाट फर्काएका छन् ।

जस्तोसुकै प्रश्नको ट्याक्टिल जवाफ दिन खप्पिस मेयर साहले चर्को स्वरमा नबोले पनि सुनिने भन्दै आजको चर्को स्वरलाई आफूले चुनाव प्रचारदेखिको थकानको रुपमा लिएका बताए । मेयर साहले आफू पनि चुनाव प्रचार ताका देखि अहिलेसम्म राम्रोसँग नसुतेको भन्दै अर्को बैठकमा सबै संयमित हुने आशा व्यक्त गरे ।

पौडेलले बैठकको वातावरण बिगार्ने अवस्थामा पुगेपछि मेयर साहले त्यसलाई सम्हाल्दै सर्वसम्मत हुन सक्ने प्रस्ताव मात्रै आफूले अघि सारेर समर्थन गर्न आग्रह गरेका थिए। त्यसपछि वडाअध्यक्षहरूले पनि अबदेखि यस्तो गल्ती नगर्न चेतावनी दिँदै साहले गरेका प्रस्तावमा समर्थन जनाएका थिए।

वडाअध्यक्षहरूले लिखित निर्णय गर्ने कुरामा छलफल गर्ने परिपाटी बसाउन पनि साहलाई सुझाए। वडाअध्यक्षहरूले विरोध जनाएपछि कार्यकारी अधिकृत पौडेल मौन भएका थिए। पहिलो कार्यपालिका बैठकले विविधसहित ६ वटा निर्णय सर्वसम्मत पास गरेको छ।

Leave a Reply

Your email address will not be published.