आज यी स्थानमा वर्षाको सम्भावना

समाचार

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मंगलबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यता बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कार्यपालिका बैठक लाइभ गर्दै मेयर बालेन-काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै उनले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

पदभार ग्रहणपछि उनले आफूले महानगरपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्। निर्वाचनपछि कार्यपालिकाको प्रथम बैठक आजै दिउँसो ४ बजेका लागि बोलाइएको छ।

मेयर शाहले भने, ‘२–४ दिनअघि नै हामीले खादा, माला, अन्तर्वार्ता र सेलिब्रेसनहरू फोहोरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौं। हामीले गरेको पापको भारी सिसडोलबासीले भोग्दै हुनुहुन्छ।

उहाँहरू क्यान्सर पीडित हुनुभएको छ, छालाको रोग लागेको छ। मानिस मरिरहनुभएको छ। यो शोक मनाउने बेला हो। फोहोरको व्यवस्थापन नहुन्जेल र सिसडोलबासीले स्वच्छ वातारण र हावामा बस्ने र पानी पिउने वातावरण नहुन्जेल अरु काम हुँदैन।’

Leave a Reply

Your email address will not be published.