लुटिएको खुसि फर्किदै थियो….. तारा जहाज दु<र्घ<ट<नामा परेकी एयर होस्टेज किश्मीको टिकटक भिडियो भाइरल बन्दै

समाचार

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमानमा सवार २२ जनाको नै निधन भएको छ ।

जहाजकी एयरहोस्टेस कृष्मी थापापनि यो देशले गुमाएको छ । सोमबार बिहान उक्त जहाज दुर्घटनामा परेको र जहाजमा रहेका सबैको मृत्यु भएको घोषणासँगै उहाँलाई पर्खिएर बसेकी आमाको मुटु भक्कानिएको छ ।

स्याङ्जा चापाकोटकी कृष्मीका बुवा थापा मगर हुन् भने आमा दलित परिवारकी कि छोरी हुन् । कृष्मी जन्मिएपछि बुवाले आमालाई घरबाट निकालिदिएको पीडा साथमा छ ।

कृष्मीलाई बोकेर आमा नजिकै रहेको माइत जानुभयो । माइतीमै कृष्मी हुर्किनुभयो । त्यहीबाट पढ्नुभयो । कृष्मीका मामाकी छोरी शर्मिला रुपालका अनुसार कक्षा १० सम्म गाउँमै पढेकी कृष्मीले प्लस टु स्याङ्जाको वालिङबाट पुरा गरेकी हुन् । त्यसपछि एयर होस्टेस बन्न पोखरा आएर आफ्नो सपना पूरा गरेकी थिईन ।

उनि विगत ५ वर्षदेखि तारा एयरमा एयर होस्टेसका रूपमा कार्यरत भएर काम गरेकि थिईन । तारा एयरमा काम गर्न थालेपछि परिवारको आर्थिक जिम्मा उनीलेनै सम्हालेकी थिईन । लुटिएको खुशी छोरीले आमालाई फर्काएकी थिईन।

यो पनि, तारा एयरको विमान दुर्घटनामा आइतबार धनुषाका एकै परिवारका सात जनाले ज्यान गुमाएका छन् । मिथिला नगरपालिका–११ लोटा टोलका राजनकुमार गोेलेसहित एकै परिवारका सात जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ छन् । मृतकमध्ये पुरुषोत्तम तामाङ्ग र तुलसादेवी काठममाडांैमा बस्दै आएका थिए । उनीहरु स्थानीय तह निर्वाचनका लागि भोट हाल्न गाउँ आएका थिए । राजनकुमारकी श्रीमती र छोराछोरी काठमाडौंमैै बस्ने भएकोले उनी पनि ओरहदोहर गरिरहन्थे ।

निर्वाचन सकिएपछि राजनकुमार पारिवारसहित शुक्रबार गाउँबाट पोखरा गएका थिए । शनिवार दिनभर पोखरामै बिताएका उनीहरू आइतबार बिहान मुक्तिनाथ दर्शन गर्न पोखराबाट मुस्ताङको जोमसोमका लागि तारा एयरको विमानमा चढेका थिए । मृतक राजनकुमारका बहिनी ज्वाई मदन लामाका अनुसार उनीहरू घरबाटै मुक्तिनाथ दर्शन गर्ने योजना बनाएर गएका थिए ।

यता, मिथिला नगरपालिका–११ का वडाध्यक्ष वेदबहादुर कार्कीले एकै परिवारका सात जनाको मृत्यु खबरले पुरै गाउँ शोकमा डुबेको बताए । ‘घटना भएको खबर पाएलगत्तै डर, भव्य थियो । कोही बाच्छन् की भन्ने आशा थियो । भागवानसँग हामीले प्रार्थना पनि गरिरहेका थियाैं ।,’ वडाध्यक्ष कार्कीले भने, ‘तर, सोमबार बिहानै खबर आयो की विमानमा चढेका एक जना पनि रहेनन् ।’ उनीहरूको शव गाउँ ल्याउने अवस्थामा नरहेकोले र दाहासंस्कार उतै हुनसक्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published.