‘प्रक्रिया त सिक्नैपर्छ बालेनजी’ भन्दै चर्चित हास्यकलाकार दीपकराज गिरि पनि उत्रिए मैदानमा

मनोरंजन समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमै भएको विवादबारे अहिले चर्चा परिचर्चा व्यापक छ । स्वतन्त्रबाट उम्मेदवारी दिइ निर्वाचित भएका मेयर बालेन्द्र साह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको पहिलो बैठकको निर्णयमा प्रक्रिया नमिलेको भन्दै जनप्रतिनिधिहरुले भाजो हालेका हुन् ।

कसैले बैठक लाइभ गरेको बिषयमा आपत्ती जनाए भने कसैले निर्णय प्रक्रिया नमिलेको भन्दै हंगामा गरे । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले निर्णय बाचन परेर पारित भएको घोषणा गर्न लागेपछि जनप्रतिनिधिहरुले आक्रोश पोख्दै प्रतिवाद गरेका हुन् । सो क्रममा जनप्रतिनिधिहरुले बालेनलाई बैठकको प्रक्रिया सिकेर आउन समेत चेतावनी दिए ।

यसैबीच, चर्चित हास्यकलाकार दीपकराज गिरिले उक्त कुरालाई लिएर कटाक्ष गर्दै फेसबुकमार्फत प्रतिक्रिया जनाएका छन् । कलाकार गिरीले काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकमा भएको वादविवादमा कटाक्ष गरेका छन् ।

बैठक सञ्चालनको प्रक्रिया नमिलेको भन्दै केही वडाध्यक्ष विरोध गर्दा भएको वादविवादलाई लक्षित गर्दै गिरिले कटाक्ष गरेका हुन् । सो क्रममा एक जना वडाध्यक्षले मेयर बालेन्द्र साह (बालेन)लाई प्रक्रिया सिकेर आउन चेतावनी समेत दिएका थिए ।

सोहीप्रति कटाक्ष गर्दै गिरिले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रक्रिया सिकेर आउनु पर्छ । सही हो, कुरा एकदम ठिक हो । बा‘दरहरू कसरी तह लगाउने त्यो प्रक्रिया त अब सिक्नै पर्छ बालेनजी ।’

Leave a Reply

Your email address will not be published.