विद्यालय जाँदै गरेकी नाबालिकालाई समाएर बोकेर घारीमा लगी…….

समाचार

खोटाङमा विद्यालय जाँदै गरेकी नाबालिकालाई कर णी को प्रयास गरेकाे आराेपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विद्यालय जाँदै गरेकी आठ वर्षकी बालिकालाई कर णीको प्रयास गरेकाे आराेप लागेका खोटेहाङ गाउँपालिका– ७ खोटाङ बजारका २६ वर्षीय भुवनकुमार प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई ११ जेठ बिहान करिब ९.३० बजे कर णी प्रयास गरेको घटना सार्वजनिक भएपछि फरार भएका प्रधानलाई आइतबार बिहान ४.३० बजेतिर लुकिछिपी हिँडिरहेको बेला खोटाङ बजारबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए ।

प्रधानमाथि एक्लै भएको मौका पारेर नावबलिकालाई समाएर बोकेर घारीमा लगी संवेदनशील अ ङ्‍ग समाउँदै भुइँमा लडाएर पेन्ट खोली कर णी प्रयास गरेकाे अभियोग छ । कर णी प्रयासकाे क्रममा नाबालिका भाग्‍न सफल भएको प्रहरीले जनाएको छ । आराेपीविरुद्ध पीडित पक्षले कानुनी कारबाहीको माग गर्दै १३ जेठमा बाल यौ न दुरुपयोगसम्बन्धी कसुरमा किटानी जाहेरी दिएकाे थियाे ।

पक्राउ परेका प्रधानविरुद्ध जिल्ला अदालतबाट बाल यौन दुरुपयोग कसुरमा सोमबार पाँच दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखी अनुुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक चाैधरीकाअनुसार घटनापछि फरार रहेका प्रधानलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएका प्रहरीको टोलीले पक्राउ गरेकाे हाे ।

मिलापत्रपछि जाहेरी-यस्तो प्रयास भएपछि बालिकाले रुँदै चिच्याउँदै प्रतिकार गरेकी तर चिच्याउँदा पनि अभियुक्तले मुख थुनेर कर णी प्रयास भने गरेको पीडित बालिकाको भनाइ उदृत गर्दै परिवारले जनाएको छ । यस्तो हुनबाट जाेगिन सफल बालिका रुँदै घर फर्किएर आमालाई भनेपछि घटना सार्वजनिक भएको थियो ।

घटना लगत्तै पीडित बालिकाको परिवारले आवाज उठाएपछि तत्कालै गाउँमा पीडक र पीडित पक्ष राखेर प्रधानलाई माफ मगाइ मिलापत्र गराइएको थियो । तर, आफन्तको सल्लाहमा पीडित परिवार इलाका प्रहरी कार्यालय खोटाङ बजारमा जाहेरी दिन पुगेकाे हाे । अभियुक्तले यसअघि पीडित बालिकाकी दिदीलाई समेत यौ न दु र्ब्य हारकाे प्रयास गरेको आफन्तकाे दाबी छ ।

Leave a Reply

Your email address will not be published.