अभिनेत्री मिरुना मगरका कारण हलबाहिर तनाव चर्किएपछि राकियो ‘कबड्डी ४’को प्रदर्शन

मनोरंजन समाचार

काठमाडौं । अभिनेत्री मिरुना मगरलाई ‘दुर्व्यवहार’ गरेको आरोपमा पक्राउ एक युवकलाई रिहाइ गर्न माग गर्दै चर्को प्रदर्शन सुरु भएको छ ।प्रर्दशन चर्किएपछि चावहिलस्थित एफक्युब मल्टिप्लेक्सले फिल्म ‘कबड्डी ४’को प्रदर्शन रोकेको छ ।

एफक्युब सिनेमा हल रहेको भवन केएल टावरबाहिरको स्थिति तनावग्रस्त बनेपछि मध्यान्ह १२ बजेको शो स्थगित गरिएको हो ।हल प्रशासनका अनुसार स्थिति सामान्य बनेपछि मात्रै फिल्म प्रदर्शन हुनेछ ।

अभिनेत्री मगर ‘कबड्डी ४’की नायिका समेत हुन् । उक्त फिल्म प्रदर्शनका क्रममा हल भ्रमणमा निस्किएका मगरसहितको कलाकार टोली आइतबार बेलुका सिभिल मलमा पुगेको थियो ।

सिभिल मलको एक कफी सपमा एक बौद्ध भिक्षुले दुर्व्यवहार गरेको आरोप अभिनेत्रीले लगाएकी छन् ।अभिनेत्री मिरुनाले उक्त भिक्षुलाई थप्पड समेत लगाएकी थिइन् । अभिनेत्रीकै जाहेरीका आधारमा युवकलाई पक्राउ गरेर मुद्धा चलाईएको छ ।

नायिका मिरुना मगरले सोझो लामालाई फसाएको प्रमाण, लामालाई भने जेल लगियो [ भिडियोसहित ]-काठमाडौं । चर्चित फिल्म कबड्डी ४ कि नायिका मिरुना मगरले आफू चर्चामा आउँन सोझो लामालाई फसाएको सर्वत्र आवाज आउँन थालेको छ ।

फिल्म हलबाट आएको सीसी टिभी फुटेजमा लामाले मिरुनालाई छुदै नछोएको प्रष्ट देखिन्छ । बरु अज्ञात हातले उनलाई कतै छोएको देखिन्छ ।त्यो बेला लामा निक्कै पर छन् । उनका हात त्यहाँसम्म आउँनै सक्दैन । अरु बेलापनि लामा मिरुनाको निक्कै पर बसेका छन् ।

उक्त घटनाको बेला मिरुनाले लामालाई थप्पड हानिन् । र सबैका अगाडी आफू माथि दुर्व्यवहार गरेको आरोप लगाइन् । पछि त्यहाँ रहेका अरु मानिस र सुरक्षाकर्मीहरुले मिलेर लामालाई प्रहरी समक्ष बुझाए ।

Leave a Reply

Your email address will not be published.