मेयर बन्नु अघि बालेन सुटुक्क ओली निवास पुगेका थिए, ओलीसँग एक्लै भएको भेटमा के के भयो कुराकानी ?

समाचार

काठमाडौं ।राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चलीरहेका बेला बालेनका सर्मथकहरुमा जितको उत्साह त देखिएको थियो नै ।

जति मत घट्दै जान्छन् बालेनको जित निश्चित भएसँगै उनीहरुको अनुहारमा खुशीको चमक थपिँदै गएको थियो । यसैबिच मेयरका प्रत्याशी बालेन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेको रहस्य अहिले बाहिर आएको छ ।

यो भेटको विवरण अहिलेसम्म दुवै पक्षले गोप्य राखेको भएता पनि परिणाम आएर बालेनले समथ लिएपछि बल्ल बाहिर आएको हो ।बालेनको चुनावी टिमका सदस्य कुमार बेनले ओलीलाई उनकै निवासमा पुगेर भेटेको खुलेको हो ।

समकालीन नेताहरुमा आफूहरुलाई ओलीबाटै आशा भएको भन्दै बालेनले भेट गरेको बालेन निकट स्रोत बताउँछ । चुनावअघि पनि बालेन ओलीसँग भेट्न इच्छुक भएता पनि व्यबस्तताका बाबजुत भेटघाट सम्भव भएन ।

बालकोटमा ओलीले सुरुमा बालेनको टिमसँग सामूहिक र त्यसपछि बालेनसँग एक्लै कुराकानी गरेका थिए । कुराकानीको सबै बिबरण बालेनको टिमले केही समयमा सार्वजनिक गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published.