चाउचाउले बनायो एक दम्पतीलाई अलग, घटना थाहा पाउँने जो कोही चकित !

राेचक

काठमाडौं । चाउचाउले एक दम्पतीलाई अलग बनाएको छ । दुई मिनेट भित्र तयार हुने चाउचाउका कारण कसरी सम्बन्धविच्छेद हुन सक्छ भनेर तपाईंले सोचिरहनु भएको हुनुपर्छ ।

बच्चाहरूलाई भोक लागेमा आमाले तत्काल चाउचाउको परिकार तयार पार्नुहुन्छ ।तर तब के हुन्छ ? जब एक महिलाले बिहान, दिउँसो र साँझ तीनै पटक चाउचाउ मात्रै पकाउँछिन् ।सबैलाई हैरान बनाउने यस्तै एक घटना अहिले बाहिर आएको छ । एक महिलाले खाजा र खानाका रुपमा तीन छाक चाउचाउ नै ख्वाउने गरेको खुलेको छ । भारत, कर्नाटक, मैसूरको यो दम्पतीको खबर सुनेर धेरै जना चकित छन् ।

यो कुरा सुन्दा तपाईलाई निकै अनौठो लाग्न सक्छ तर यो सत्य हो । एक महिलाले बिहानको नास्ता, दिउँसो र बेलुकाको खानामा श्रीमानलाई म्यागी (चाउचाउ) मात्रै खुवाउने गरेको खुलेको छ ।श्रीमानले एक दिन पर्खे, दुई दिन पर्खे तर हरेक दिन यो परिकार खाएपछि उनको अवस्था बिग्रियो ।हैरान भएका उनले अन्तिम अवस्थामा पुगेर आफ्नी श्रीमतीसँग तत्काल अलग हुन पाउ भनेर अदालतमा निवेदन दिए । म्यागी प्रकरणको सुनुवाइपछि न्यायाधीश पनि छक्क परेका थिए ।

यो अनौठो घटना सार्वजनिक भएपछि न्यायाधीश छक्क परेका हुन् । अदालतले यस घटनालाई म्यागी केसको नाम दिएको छ । अन्ततः श्रीमानको पीडा बुझेर अदालतले दुवैको सम्बन्धविच्छेद गरायो ।

श्रीमान्–श्रीमतीको आपसी सहमतिमा सम्बन्धविच्छेद भएको हो । अहिले दुवैको बाटो फरक छ । सम्बन्धविच्छेद मुद्दाको सुनुवाइ मे २७ मा भएको थियो ।

न्यायाधीशले सोही दिन सम्बन्धविच्छेदको फैसला पनि सुनाए । श्रीमतीलाई म्यागी बाहेक अरु केहि बनाउन नआउने पनि बताइएको छ ।त्यहाँ एक व्यक्तिले मैसूरको प्रधान तथा जिल्ला सत्र अदालतमा आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेदको मागसहित मुद्दा दायर गरेका थिए ।

यो मुद्दा सुनुवाइका लागि २७ मेमा न्यायाधीश एमएल रघुनाथको इजलासमा ल्याइयो । त्यहाँ ती व्यक्तिले आफ्नी श्रीमतीलाई म्यागी बाहेक अरु केही बनाउन नआउने बताए । उनले भने, ‘उनी हरेक बिहान, दिउँसो र बेलुका म्यागी मात्र बनाउँछिन् ।’

हरेक महिना खानाको नाममा घरमा चाउचाउ मात्र आउँने गरेको थियो । न्यायाधीशले सबै कुरा सुने र दुवैको सम्बन्धविच्छेद गर्दिएका हुन् ।सामान्यतया सम्बन्धविच्छेदका मुद्दाहरूमा पहिले मेलमिलापको प्रयास गरिन्छ । मुद्दाको सुनुवाइमा दुवै पक्षलाई आपसमा कुरा गरेर टुङ्गो लगाउन समय दिइन्छ ।

कतिपय अवस्थामा दम्पतीहरु आफ्नो विगत बिर्सेर पुनः एकसाथ आउन तयार हुन्छन् । तर यस प्रकरणमा भने त्यस्तो भएन । कोही विगतबाट सिक्न तयार नभएपछि अदालतले सम्बन्धविच्छेदको फैसला सुनाएको हो ।

Leave a Reply

Your email address will not be published.