जेलबाट यसरी छुटे कबड्डी–४ की अभिनेत्री मिरुनाले थुनाएका लामा भिक्षु

मनोरंजन समाचार

काठमाडौं । देशभर उत्कृष्ट प्रर्दशन गरिरहेको फिल्म कबड्डी–४ की अभिनेत्री मिरुना मगरले प्रहरीकहाँ थुनाएका ( लामा भिक्षु ) फूर्वा तामाङ रिहा हुनुभएको छ ।उहाँ अहिले नै निर्दोष भएर होइन धरौटीमा रिहा हुनुभएको हो ।अभिनेत्री मगरले जाहेरी दिएपछि अदालतको अनुमतिमा म्याद लिएर प्रहरीले थुनामा राखेको थियो ।

तर प्रशासनको आदेशमा उहाँलाई रिहा गरिएको छ । देशभर चर्को प्रर्दशन भएपछि उहाँलाई तीन हजार धरौटीमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले छोड्न आदेश दिएको हो । उहाँले जिल्ला प्रशासन पुगेर धेरौटी तिरेर जेल बाहिर आउनुभएको छ ।

फिल्म हेर्ने क्रममा दुव्र्यबहार गरेको भनी अभिनेत्री मगरले थप्पड लगाएर प्रहरीकहाँ थुनाउनुभएको थियो ।अभिनेत्रीको मौखिक उजुरीमा प्रहरीले पक्राउ गरेर लगेको थियो । भोलिपल्ट गएर अभिनेत्रीले जाहेरी समेत दिनुभएको छ । उक्त कार्यको सर्बत्र आलोचना मात्र नभई विरोध नै भयो।

निर्दोषलाई फसाएको भन्दै सामाजिक सञ्जालमा उहाँको आलोचना भएको छ। मुगुको मुगूम कार्मारोङ गाउँपालिका–२ घर भएका २४ वर्षीय फूर्वा तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो। सोमबार अभिनेत्रीले जाहेरी दिनुभएको थियो ।

फूर्वालाई मुद्धा चलाउने तयारी प्रहरीले गरेको छ । तर सीसीटिभी फुटेज हेर्दा फूर्वाको गल्ती नभएका कारण निर्दोषलाई फसाएको दावी गरिएको छ ।चर्चामा आउँन निर्दोष प्रयोग गरेको र फिल्मको निर्माण पक्षले फण्डा ल्याउन खोजेको आरोप लगाइएको छ । यसका विरुद्ध चर्को प्रर्दशन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.