गायक राजेश पायल बिहे गर्ने तयारीमा

मनोरंजन

काठमाडौं । हरेक अन्तर्वार्ता र भेटमा गायक राजेशपायल राईलाई बिहेको प्रश्नले पछ्याइरहन्छ ।उनी प्रश्नबाट भाग्न खोज्छन् वा समय आएपछि बिहे हुने रेडिमेड जवाफ त दिन्छन् । तर पछ्याउनु प्रश्नको विशेषता नै हो ।

यतिबेला भने राजेशपायल राईको रिलेसनसिपलाई लिएर मनोरञ्जन वृत्तमा चर्चा छ । उनी केही महिनायता एक युवतीसँग ‘गम्भीर सम्बन्ध’मा छन् ।सङबुङ राई नामकी ती युवती र राजेशपायलबीच डेटिङ चलिरहेको तथा चाँडै विवाहको औपचारिक घोषणा हुने तयारीमा रहेको निकट स्रोतले जनाएको छ ।

‘उनीहरु जतिसक्दो चाँडो बिहे टुंगो लगाउने तयारीमा छन्,’ स्रोतले भन्यो, ‘बिहेको प्राविधिक तयारी भइरहेको छ ।’प्राप्त तस्वीरमा उनीहरु जन्मदिन मनाउनेदेखि विशेष समारोहमा एकसाथ देखिंदै आएको देखिन्छ ।

४७ वर्षीय राजेशपायल र उनकी प्रेमिका एक वर्षदेखि लिभिङ टुगेदरमा रहेको पनि चर्चा छ । सङबुङ राजेशपायलभन्दा आधा उमेरले कान्छी छिन् ।

नायिका मिरुना मगरलाई दूर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा-काठमाडौं । कबड्डी–४ चलचित्र हेर्न हलमा जाँदा उक्त फिल्मकी नायिका मिरुना मगरलाई दूर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् ।सोमबार पक्राउ परेका लामा मंगलबार ३ हजार धरौटीमा रिहा भएका हुन् । मगरले झुटो आरोप लगाएको भन्दै उनीविरुद्ध चौतर्फी विरोध प्रदर्शन भइरहेको छ ।

आफूलाई दुर्व्यवहार गरेको भन्दै नायिका मगरले प्रहरीमा उजुरी दिएपछि सोमबार लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो । प्रहरीले अभद्र व्यवहारमा लामालाई पक्राउ गरेको थियो ।

उनले अभिनय गरेका कुनै पनि चलचित्र बक्स अफिसमा चलेका थिएँन । अभिनय र सुन्दरताको प्रशंसा हुने अभिनेत्रीमा पर्छिन्, मिरुना मगर । फिल्म ‘लालपूर्जा’ बाट अभिनय करिअर सुरु गरेकी उनलाई पहिलो गाँसमै ढुंगा लागेको थियो । तर अहिले ‘कबड्डी ४’ मा अभिनय गरेर चर्चा बटुलेकी नायिका मिरुना फेरी बिबादमा तानिएकी छिन् ।

नायिका मिरुना मगरले निर्दोषलाई फसाउन खोजेको भन्दै चुच्चेपाटीको केएल टावर अगाडि केही युवाहरू विरोध प्रदर्शन गरेका छन् । पक्राउ परेका बौद्ध भिक्षुलाई बिनाशर्त रिहा गर्नुपर्ने र नायिकाले माफी माग्नुपर्ने भन्दै प्रर्दशनकारीले विरोध गरेका हुन् । विरोधका क्रममा नायिका मिरुना मगरको ‘कबड्डी ४’ को पोष्टर समेत जलाएका छन् ।

अन्य समाचार : फिल्मी शैलीमा देखा परेका बालेनले काठमाडौँमा चामत्कारिक परिवर्तन गर्ने संकेत देखाए काठमाडौं । पद तथा गोपनीयताको शपथपछि सोमबार साँझ बसेको काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठकले फोहोर व्यवस्थापनको समस्या समाधान गर्ने विषयमा अध्ययन गर्न मेयर र उपमेयरको नेतृत्वमा कार्यदल बनाएको छ ।

बैठकले सडकका खाल्टाखुल्टी पुर्ने, ढल निकास नियमित गर्नेजस्ता काम गर्नेगरी दुईवटा भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नवनिर्वाचित मेयर बालेन्द्र साह ९बालेन०ले सोसम्बन्धी प्रस्ताव गरेका थिए भने उनको प्रस्तावलाई कार्यपालिका बैठकले अनुमोदन गरेको हो ।

Leave a Reply

Your email address will not be published.