एफक्युव सिनेमा हलमा ‘कबड्डी–४’ को प्रदर्शन रोकियो

मनोरंजन

काठमाडौं । चाबहिलको केएल टावरस्थित एफक्युव सिनेमा हलमा ‘कबड्डी–४ : द फाइनल म्याच’को प्रदर्शन रोकिएको छ। फिल्मकी अभिनेत्री मिरुना मगरलाई लिएर मंगलबार बिहानबाटै भइरहेको विरोधले चर्को रुप लिएसँगै एचक्युवमा फिल्मको प्रदर्शन रोकिएको छ।

विरोध चर्किएसँगै फिल्मको प्रदर्शनलाई रोकिएको एफक्युवका म्यानेजर सञ्जिव पाण्डेले बताए। उनले भने, ‘अहिले विरोध चर्किएकाले प्रदर्शन रोकिएको छ। हल बाहिर नाराबाजी भएपछि प्रदर्शन रोकेका हौं।’

फिल्म हेर्न आएका एक दर्शकले आफूलाई ‘नियतवश छोएको’ भन्दै अभिनेत्री मगरले झापड हानेर प्रहरीको जिम्मा लगाएकी थिइन्। उक्त घट्नासँगै सामाजिक सञ्जाल र सडकमै मगरको विरोध भइरहेको छ।

सोही क्रममा मंगलबार चाबहिलको केएल टावरमा रहेको ‘एफक्युव सिनेमा’मा फिल्मको प्रदर्शन बन्द गर्नुपर्ने र अभिनेत्री मगरले माफी माग्नुपर्ने भन्दै नाराबाजी भएको थियो। फुर्वा पक्राउ परेसँगै विभिन्न बुद्धिस्ट संघ तथा सो समुदायका मानिसहरुले सामाजिक सञ्जालमा फिल्मको र अभिनेत्री मगर दुवैको विरोध गरिरहेका छन्।

एफक्यूवका म्यानेजर पाण्डे भन्छन्, ुविहान ११ बजे पछिका शोहरु रोकिएका छन्। विरोध भएपछि रोकेका हौं। अहिले प्रहरीले निगरानी गरिरहेको छ। काउन्ट बन्द गरेका छौं।ुजारी विवादको सन्दर्भमा फिल्मको निर्माण पक्ष र आन्दोलनरत पक्षबीच समझदारी भए पुनस् प्रदर्शन गरिने पाण्डेको भनाइ छ।

Leave a Reply

Your email address will not be published.