जब बैठकमा मेयरलाई सोधिएको प्रश्नको उत्तर उपमेयरले दिएपछि…

समाचार

काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठक रोचक बनेको छ । काठमाडौं महानगरपालिकाले सोमबार नवनिर्वाचित मेयर तथा उपमेयरको पदभार ग्रहण र नगर कार्यपालिकाको पहिलो बैठक प्रत्यक्ष प्रसारण गरेको थियो।

प्रत्यक्ष प्रशारण गरिएको उक्त बैठकमा चर्काचर्की समेत भएको थियो । बैठक चलिरहेकै बेला नवनियुक्त मेयर बालेन शाहलाई सोधिएको प्रश्नमा उपमेयर सुनिता डंगोलले जवाफ दिएपछि जनप्रतिनिधिहरूले अचम्म मानेका थिए ।

मेयर शाहलाइ वडा २९ का वडाध्यक्ष कुस ढकालले म नभनेर हामी भन्दै टिममा काम गर्न सुझाएका थिए। उनले भनेका थिए, ‘म नभनौं हामी भनौं । म भनेर लोकप्रिय नबनौं। महानगर बनाउन साथ दिन तयार छौं।’ त्यसको उत्तर दिँदै उपमेयर डंगोलले भनिन्, ‘व्यक्ति सफल हुन आएका होइन, संस्था सफल पार्न आएका हौं। काठमाडौं महानगरपालिका सफल भयो भने हामी सवै सफल हुन्छौ।’

‘म यहाँहरू सबैको आवाज बनेर बोल्दैछु,’ उपमेयर डंगोलले कार्यपालिका बैठकमा भनिन्, ‘मिटिङको एजेन्डा पहिल्यै उपलब्ध गराएर अग्रिम छलफल भयो भने सहज हुन्छ। सबैले सल्लाह गर्दा यो एजेन्डा मेरो वा तिम्रो होइन, हाम्रो हो भन्ने हुन्छ। यसले टिम वर्क हुन्छ।’

उनले यो पनि भनिन्, ‘हामी यहाँ कुनै व्यक्तिलाई सफल बनाउन आएका छैनौं, काठमाडौं महानगरलाई सफल बनाउन आएका छौं। महानगर सफल भयो भने हामी सबै सफल हुन्छौं। हामीले सहकार्य, सहमति र सहअस्तित्वका साथ काम गर्नुपर्छ। त्यसो गर्‍यौं भने आगामी मिटिङहरू अझै उपलब्धिमूलक हुने छन्।’

Leave a Reply

Your email address will not be published.