काठमाडौँ उपत्यकामा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने

समाचार

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ । केयुकेएलका प्रमुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिए ।

आइतबार बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा पुगिसक्ने उनले बताए । वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो । वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै वितरण हुन बाँकी क्षेत्रमा पनि वितरण सुरु हुने बताए । उनले भने, “यसअघि कतिपय ठाउँमा पानी पुग्न सकेको थिएन ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

वितरण प्रणालीमा १७ करोड लिटर पठाउँदा पाइप परीक्षण भइसकेका सबै ठाउँमा पानी पुग्नेछ । पानी पुग्न नसकेका ठाउँमा केयुकेएलको र्‍यापिड रेस्पोन्स टिम पुगी छिटोभन्दा छिटो समस्या समाधान गर्नेछ ।” वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै अब काठमाडौँ उपत्यकामा २७ करोड लिटर पानी वितरण हुनेछ ।

सन् २०५० सम्म काठमाडौँमा बिजुलीको माग ३१ सय मेगावाट पुग्नेनेपाल विद्युत् प्राधिकरणले सन् २०५० सम्म -काठमाडौँ उपत्यकामा बिजुलीको माग ३१ सय मेगावाट पुग्ने प्रक्षेपण गरेको छ। प्राधिकरणले काठमाडौँ उपत्यकामा बढ्दो बिजुलीको माग धान्ने गरी नयाँ संरचना निर्माणको गुरुयोजना र आवश्यक स्रोत जुटाउन पहल गर्ने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०५० भित्र काठमाडौँ उपत्यकामा मात्रै बिजुलीको माग ३१ सय मेगावाट हुने भएकाले अहिलेदेखि नै सो बिजुलीको मागलाई सम्बोधन हुने गरी पूर्वाधार तयार गर्नुपर्ने बताएका छन् । नागरिक दैनिकमा समाचार छ ।

काठमाडौँ उपत्यकामा बिजुलीको माग वर्षेनी बढ्दै गइरहेको छु, उनले भनेुबिजुलीको लोड अनुसारको पूर्वाधार नबनाएको खण्डमा ठूलो समस्या आउन सक्छ। त्यसैले भविष्यलाई आवश्यक पर्ने संरचना निर्माणको थालनी अहिले गर्नु जरुरी छ।ु प्राधिकरणका अनुसार प्रस्तावित प्रसारण लाइन निर्माणका लागि करिब ४० देखि ५० अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ।

Leave a Reply

Your email address will not be published.