सेलिब्रेटि बन्न सजिलो छैन, फलामको चिउरा चपाउँनु जस्तै हो : शिव परियार

समाचार

काठमाडौं । चर्चित गायक शिव परियारले सेलिब्रेटि बन्न सहज नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गायक परियारले सेलिब्रेटि बन्न सजिलो नभएको प्रस्ट्याउँदै यहाँ नाङ्गो पैतलाले तरबारको धार टेकेर यात्रा गर्नुपर्ने धारणा राखेका छन् ।

सेलिब्रेटी बनेर सहज जिवन यापन गर्नु फलामको चिउरा चपाउँनु जस्तै मात्रै होईन पचाउँन सक्नु जस्तै रहेको गायक परियारको भनाइ छ । उनले लेखेका छन्, ‘सेलिब्रेटि बन्न कहाँ सजिलो छ र, यहाँ नाङ्गो पैतलाले तरबारको धार टेकेर यात्रा गर्नु पर्दछ, सानो गल्तिले पनि पैतलाको टेकाई अलिकति बाङ्गो भयो भने रगताम्य हुने निश्चित छ, सेलिब्रेटी बनेर सहज जिवन यापन गर्नु फलामको चिउरा चपाउँनु जस्तै मात्रै होईन पचाउँन सक्नु जस्तै हो ।’


ईपीएस अन्तर्गत कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा भोली हुने-काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा भोली बिहिबार हुने भएको छ ।
पहिलो चरणमा कृषि क्षेत्रतर्फ १० हजार ८ सय ५८ आवेदकको परीक्षा भोली हुने वैदेशीक रोजगार विभाग ईपीएस शाखाले जनाएको छ ।

यसअघि पेपर बेस टेस्ट मार्फत गरिँदै आएको परीक्षा यो पटक तीन चरणमा युविटी ट्याब मार्फत गरिनेछ । सन् २००८ देखि प्रत्यक वर्ष सञ्चालन हुँदै आएको ईपीएस श्रमिक भाषा परीक्षा पछिल्लो दुई वर्ष कोरोना सङ्क्रमणका कारण स्थगन गरिएको थियो ।

भोलि कृषि तथा पशुपालन क्षेत्रको परीक्षा हुनेभए पनि उत्पादनमूलक क्षेत्रको परीक्षा मिति भने पछि तोकिनेछ ।रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा भोली बिहिबार हुने भएको छ ।

Leave a Reply

Your email address will not be published.