बालेनलाई वडाध्यक्षले सिकेर आउनुस् भनेपछि दीपकराज भन्छन् बाँदरलाई तह लगाउन सिक्नुस् बालेनजी

मनोरंजन समाचार

काठमाडौं । कलाकार दीपकराज गिरीले काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकमा भएको वावविवादको खुलेर विरोध गरेका छन् ।

बैठक सञ्चालनको प्रक्रिया नमिलेको भन्दै केही वडाध्यक्षले विरोध गर्दा भएको वादविवादलाई लक्षित गर्दै गिरिले कडा कटाक्ष गरेका हुन् ।बैठकका क्रममा एक जना वडाध्यक्षले मेयर बालेन्द्र साह (बालेन) लाई संसदीय प्रक्रिया सिकेर आउन चेतावनी समेत दिएको सुनियो ।

बैठक प्रत्यक्ष प्रशारण भइरहेको थियो । सोही प्रति कटाक्ष गर्दै गिरीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रक्रिया सिकेर आउनु पर्छ । सही हो, कुरा एकदम ठिक हो ।

बाँदरहरू कसरी तह लगाउने त्यो प्रक्रिया त अब सिक्नै पर्छ बालेनजी ।’ उनको यो निक्कै कडा कटाक्ष थियो ।

राजनीति दलबाट उम्मेदवारी दिएर जनप्रतिनिधिहरुलाई उनले खुलेर बाँदर भनेका थिए । उनको यो विचारमा मिश्रित प्रतिक्रिया आएको छ । कसैले वडाअध्यक्षहरुको पक्ष लिएको देखिन्छ भने अधिकांशले भने बालेनको पक्ष लिएको देखिन्छ ।

बालेनको पक्ष लिनेहरुले गिरीको पक्षमा वकालत गरेका छन् । धेरैले राजनीतिक भागवण्डाकै कारण यो देश विग्रिएको आरोप समेत लगाएका छन् ।

Leave a Reply

Your email address will not be published.