अनुभवी र दक्ष चालक भएपनि यसरी भएको रहेछ तारा एयरको विमान दुर्घटना

समाचार

काठमाडौं । १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको ( एन एइटी, डिएचसी–६ ) ट्विनअटर विमान आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो।

यो विमानका लागि पोखरा–जोमसोम उडान समय मात्र १८ मिनेट हो ।विमान जोमसोममा १०ः१३ बजे अवतरण गर्नुपर्ने थियो तर अवतरण गर्न ६ मिनेट बाँकी छँदै सम्पर्कविहीन बन्यो।सम्पर्कविहीन भएलगत्तै बाटो बिराएको विमान करिब १३ हजार ५ सय फिटको उचाइको हिमाली खोंचको चट्टाने पहरोमा ठोक्किन पुग्दा क्षतविक्षत अवस्थामा फेला परेको थियो ।

विमानमा यात्रा गरिरहेका यात्रु र चालक दलमध्ये २२ जना कै शव फेला पर्यो । चट्टानमा ठोक्किएर खोंचमा विमान खसेकाले उद्धार र शव निकाल्न निक्कै कठिनाइ भयो ।

दुर्घटना स्थलमा उद्धारका लागि खटिएका प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार दुर्घटनास्थल निकै अप्ठ्यारो ठाउँमा थियो । करिब १३ हजार ५ सय फिटको उचाइको चट्टाने पहरोमा ठोक्किएपछि खोंचमा खसेको अवस्थामा विमान फेला परेको थियो ।

बाटो बिराएर उचाई लिँने क्रममा विमान दुर्घटना भएको हुनसक्ने विज्ञहरुले अनुमान गरेका छन् । क्याप्टेन प्रभावकर घिमिरे, सहचालक उत्सव पोखरेल निक्कै अनुभवी र दक्ष चालक जोडीको रुपमा हेरिन्थ्यो ।

प्रभावकर त निक्कै नै अनुभवी हुनुहुन्थ्यो । तर पोखरा–जोमसोम उडान रुट अति नै कठिन रुट हो । कतिवेला मौसम बददिने हो कुनै टुंगो हुन्न । विमान उडेपछि मौसम विग्रिएको अनुमान गरिन्छ ।

हवाई सुरक्षाका प्रशिक्षक समेत रहनुभएका घिमिरेले मौसम र वादल छल्दै उड्नुपर्नेमा जोड दिनुहुन्थ्यो । त्यही नीति पक्रिदा विमान पहाडतर्फ गएको आँकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published.