नेपाली विदेशी रातभर झुम्मिने काठमाडौंको क्लव प्लाटिनम

मनोरंजन

काठमाडौं । नेपालमा रात्रिकालीन जीवन थप उत्साहप्रद हुँदै आएको छ । रात्रिकालिन क्लवहरु दिनभर काममा व्यस्त भएर केही समय मूड फ्रेस गर्नदेखि साप्ताहिक विदा मनाउँनका लागि राम्रो स्थान बन्दै गएका छन् ।

काठमाडौंको मुटु दरबारमार्ग र कमलादीको बीचमा रहेको क्लव प्लाटिनम साँझ ७ बजेदेखि खुल्छ ।

बिहान ५ बजेसम्म यहाँ म्युजिक, खानपान सबै चलिरहेकै हुन्छ । रातभर खानपान गरेर संगीतमा झुमिनेहरु बिहान ५ बजेसम्म त्यही हुन्छन् । त्यसपछि मात्र मानिसहरु निन्द्राका लागि ओछ्यानमा जान्छन् ।

यहाँ कयौँ विदेशी र नेपालीहरु आउँदै जाँदै गरिरहेका हुन्छन् । कसैको कसैलाई मतलव नभएको समाज छ यहाँ ।

आफू र आफूसँग आएका व्यक्तिहरु झुम्छन् रम्छन् अरु कसैले कसैको मतलव राख्दैन । कानून भन्दा बाहिरका हर्कत गर्न रोक्न बलियो सुरक्षा छ ।

युवा, युवती, किशोर, किशोरीहरु निर्धक्क खुलेर रमाईलो गरिरहेका हुन्छन् । उत्कृष्ट साउण्ड सिष्टममा म्युजिक बजिनै रहेको हुन्छ ।

म्युजिकमा आफ्नै तालमा डान्स गर्नेहरु गरिनै रहेका हुन्छन् । खाने पिउने निरन्तर चलिरहन्छ । अर्डर गर्नासाथ खानेकुरा पाइहाल्ने यो अर्को राम्रो व्यवस्था हो । यसैले यो क्लवले नेपाली, विदेशी सबैलाई आकर्षित गरिरहेको छ ।

यहाँ बलिउड गायिका आस्था गिल, नेपाली चर्चित गायक सविन राई लगायतका चर्चित कलाकारहरुले कन्सर्टमा लाईभ प्रस्तुती समेत दिइसकेका छन् । विश्भरीका उत्कृष्ट कलाकार ल्याएर कन्सर्ट गर्ने दरबारमार्गस्थित क्लब प्लाटिनमको योजना छ ।तस्वीर : क्लवको फेसबुक पेजबाट

Leave a Reply

Your email address will not be published.