अनौठो नि<ध<न : गायक कृष्णकुमारले ‘हम रहे या ना रहें…कल याद आएंगे ये पल’ गाएपछि मृत्यु !

मनोरंजन

काठमाडौं । बलिउडले एक अर्को चर्चित कलाकार गुमाएको छ ।चर्चित गायक कृष्णकुमार कुननाथ (केके) को ५३ वर्षको उमेरमा निधन भएको हो । केके कन्सर्टका लागि कोलकाता गएका थिए, जहाँ कन्सर्टपछि होटलमा उनको स्वास्थ्य अवस्था बिग्रियो ।

अस्पताल पुग्नुअघि नै गायकको मृत्यु भयो । केकेको कन्सर्ट कोलकाताको नजरुल मञ्चमा भयो, जहाँ उनले आफ्नो लोकप्रिय गीत, ‘हम रहे या ना रहें कल…कल याद आएंगे ये पल’ मा प्रस्तुति दिए ।

२३ अगस्ट १९६८ मा दिल्लीमा जन्मेका प्रसिद्ध पार्श्व गायक कृष्णकुमार कुननाथलाई उद्योगमा केके भनेर चिन्ने गरिएको थियो ।उनले हिन्दी मात्रै होइन तमिल, तेलुगु, कन्नड, मलयालम, मराठी, बंगाली र गुजराती चलचित्रका लागि पनि गीत गाए । चलचित्र बाहेक उनले करिब ३५ हजार जिंगल गाएका थिए ।

२०२१ मा, केकेलाई मिर्ची म्युजिक अवार्डबाट सम्मानित गरिएको थियो । उनले दिल्लीको माउन्ट सेन्ट मेरी स्कूलमा अध्ययन गरेका थिए ।

उनले दिल्ली विश्वविद्यालयको किरोरी मल कलेजबाट स्नातकसम्म अध्ययन गरे । सन् १९९९ क्रिकेट विश्वकपको समयमा, केकेले भारतीय टोलीलाई समर्थन गर्न ‘जोश अफ इन्डिया’ गीत गाएका थिए ।

उनको यो गीतमा धेरै भारतीय क्रिकेटर पनि देखिए । केकेले म्युजिक एल्बम ‘पल’ बाट आफ्नो गायन यात्रा सुरु गरेका थिए ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित बलिउडका शिर्ष कलाकारले केकेलाई श्रदाञ्जली दिएका छन् ।

Leave a Reply

Your email address will not be published.