बालेन–ओली भेटमा भएको खास कुराकानी बल्ल बाहिरियो

राजनिति समाचार

काठमाडौं । सबै राजनीतिक दललाई चक्मा दिदै काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन्द्र साह काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बालेनले ओलीसँग स्थानीय तह निर्वाचनको मतगणना हुँदै गर्दा भेट गरेको खुलेको छ । बालेन र ओलीबीचको भेटलमई उचालेर पछारेर अनेक तह तप्काबाट विश्लेषण भइरहेका बेला भेटमा भएको वास्तविकक कुराकानी बाहिरिएको छ ।

भेटमा बालेन र ओलीबीच काठमाडौंलाई कसरी सुन्दर, सुसंस्कृत र समृद्ध बनाउने भन्ने विषयमा मात्र खास छलफल भएको ओलीका प्रेस सल्लाहकारले हामीलाई जानकारी दिएका छन् ।

बालेन र ओलीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । स्वतन्त्र मेयर बालेनको सामाजिक सञ्जालमा क्रेज बढेसँगै दलले उनलाई नजिकबाट नियालेका छन् । काठमाडौंका जनताले बालेनलाई मेयरमा छनोट गरेपछि राजनीतिक दलहरु सोचमग्न भएका छन् ।

भेटका क्रममा बालेनको समूहले लिएको तस्बिर मंगलबार मात्र सार्वजनिक भएको हो । तस्वीर प्रतिनिधिसभामा नेकपा एमालेकी सचेतक शान्ता चौधरीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

उनले तस्वीर सार्वजनिक गर्दै क्याप्सन लेखेका छन्, ‘अर्थपूर्ण भेट । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यू र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भेट, ओली निवास, बालकोट, भक्तपुर । फेरि पनि बधाई छ बालेनजी ।’

यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । स्वतन्त्रतर्फबाट काठमाडौं महानगरको मेयर निर्वाचित बालेन पार्टीका प्रवेश गर्न लागेका त हैनन् भनेर आशंका गर्न थालिएको छ । दुई पक्षबीच चुनावी तालमेल भएको हुन सक्ने चर्चा सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published.