दुर्घटनाग्रस्त तारा एयर विमानको ककपिट भिडियो रेकर्डर आयोगले लियो जिम्मा

समाचार

काठमाडौं । मुस्ताङमा दुर्घटनाग्रस्त तारा एयरको जहाजको ककपिट भिडियो रेकर्डर दुर्घटना जाँच आयोगले आफ्नो जिम्मामा लिएको छ । आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार आयोगले दुर्घटनाको जाँच समेत सुरु भएको छ ।

लामिछानेका अनुसार मृतकको शव परीक्षणको काम त्रिवि शिक्षण अस्पतालमा जारी छ ।सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन आयोग गठन गरेको थियो ।

आयोगले दुर्घटनाको कारण पत्ता लगाएर भविष्यमा यस प्रकारको घटना हुन नदिन सुझावसहितको प्रतिवेदन पेश गर्ने जनाइएको छ ।

याे पनि-टायरमा समस्या देखिएपछि झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं फिर्ता भएको छ । भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाट फर्किएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

६९ जना यात्रु सवार फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.