बालेन र हर्कलाई जिताएर जनताले हामीलाई सबक सिकाएः प्रचण्ड

राजनिति समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र उम्मेदवारी दिएर मेयर जितेका बालेन शाह र हर्क साम्पाङलाई जिताएर आफूहरूलाई सबक सिकाएको बताएका छन्।

बुधबार काठमाडौंको कमलपोखरीस्थित कुमारीहलमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिनेक्रममा सो कुरा बताएका हुन्।

काठमाडौंका मेयर शाह र धरानका मेयर साम्पाङले आफूहरूले उठाउँदै आएका कुराहरूलाई अघि सारेर चुनाव जितेको पनि उनले बताए। तर आफ्नो पार्टीले राम्रो काम गर्न नसकेपछि जनताले सबकको रूपमा स्वतन्त्र उम्मेदवारलाई जिताएको उनले बताए।

‘हिजो माओवादी हामीले जे भन्थ्यौं। जनताको सेवा गर्ने, धारा, पानी फोहोर मैला व्यवस्थापन, शोषण विभेद अन्याय अत्याचार सिध्याउँछौं भनेर हामी भनेको होइन?,’ उनले भने।खानेपानी, फोहोर मैलाका मुद्धाहरू पनि आफूहरूले नै उठाएको भन्दै जनताले आफूहरूलाई सबक सिकाएको बताए। उनले बालेन शाह र हर्क साम्पाङ बाहेक अरूलाई स्वतन्त्र उम्मेदवार नमान्ने समेत बताए।

‘अहिले उनीहरूले पनि त्यसरी नै पानी भनेर पानीको मुहान खोज्दै हिँड्छन्। खानेपानीको समस्या हल गर्ने कुरा धेरै महत्वपूर्ण छ, अरू फोहोर मैला व्यवस्थापनको कुरा या भौतिक पुर्वाधार रूपान्तरणका कुरा।

यी सबै त हाम्रा कुरा हुन्,’ उनले भने, ‘हामीले राम्रोसँग गरेको नदेखेपछि ल हेर त तिमीले गर्दैनौं भने हामी यसो गर्दिन्छौं भनेर जनताले नै हामीलाई सबक सिकाएको जस्तो लाग्छ।’

Leave a Reply

Your email address will not be published.