बालेनले जितेपछि ५ वर्षसम्म हरेक महिना १० वृद्धवृद्धालाई लौरो वितरण गर्दै पाल्पाली युवा

समाचार

काठमाडौं। काठमाडौंको मेयरमा स्वतन्त्र युवा बालेन्द्र शाह (बालेन)ले जितेपछि पाल्पाका एक युवाले बालेनको कार्यकालभरी प्रत्येक महिना १० जनाका दरले वृद्धवृद्धालाई लौरो वितरण गर्ने भएका छन् । उनले यो घोषणा मतपरिणाम सार्वजनिक नहुँदै गरेका थिए ।

पाल्पाको तानसेनका व्यवसायी जीवन पाण्डेले तानसेन नगरपालिका वडा नम्बर ६ का वृद्धवृद्धालाई यसरी लौरो वितरण गर्ने भएका हुन् । उनले एक हप्ताअघि गएको आइतबार नै बालेनले जितेमा वृद्धवृद्धालाई लौरो वितरण गर्ने घोषणा गरेका थिए । बालेनले जितेपछि उनले वितरण गर्नका लागि लौरोहरु ल्याइसकेका छन् ।

पाण्डेले लौरो वितरण कार्य आउँदो असार १ गतेदेखि सुरु गर्नेछन् । त्यसपछि हरेक महिना १० जनाका दरले वृद्धवृद्धाहरुले लौरो पाउनेछन् । पाण्डेले आफ्नो लौरो वितरण अभियान आगामी २०८४ सालसम्म जारी रहने घोषणा गरिसकेका छन् ।

नायिका मिरुना मगरलाई फिल्म हलभित्र हात पात गर्ने खोज्ने युवकलाई यस्तो कडा सजाय दिने तयारी थालियो, हालियो मुद्धा-कबड्डी ४ कि नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोप लागेका तामाङमाथि अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ ।

फिल्म हलभित्र आफूलाई पिठ्यूमा गलत तरिकाले छोएर दुर्व्यवहार गरेको आरोप लगाएकी मिरुनाले युवकविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् ।

तामाङ थरका युवक अहिले प्रहरी हिरासतमा रहेका छन् । प्रहरीले उनीमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारमा म्याद थप गराएको बताइएको छ ।

आरोप प्रमाणित भएमा उनले १ वर्ष जेल सजाय पाउने छन् । सिभिल मलको कफि सपमा नायिका र युवकबीच विवाद भएको थियो ।अन्तमा युवकले कान समातेर माफी मागे पनि मिरुनाले उनलाई प्रहरीको जिम्मा लगाएकी थिइन् ।यो षियले अहिले सिने जगत गर्माएको छ ।

Leave a Reply

Your email address will not be published.