बजेटमा दूरसञ्चार सेवा शुल्क ३ प्रतिशत घटाइएपछि अब कति सस्तो हुन्छ इन्टरनेट ?

आर्थिक समाचार

सरकारले बजेटमा दूरसञ्चार सेवा शुल्क घटेको घोषणा गरेसँगै इन्टरनेटर सेवा प्रदायकहरूले मूल्य सामान्य रूपमा घट्ने भएको छ ।

यद्यपी सरकारले घटाएको शुल्कले इन्टरनेटको मूल्यमा तात्विक फरक नपर्ने इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले जनाएको छ ।

‘सरकारले गरेको कर परिवर्तनले लगभग १७ रुपैयाँ मात्र कम हुन्छ,’ आइस्पानले भनेको छ, ‘यसले अहिलेको इन्टरनेट मूल्यमा तात्विक फरक पर्ने छैन ।’

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत दूरसञ्चार सेवा शुल्कमा ३ प्रतिशत घटाएको घोषणा गरेका थिए ।

जसअनुसार इन्टरनेटमा लाग्दै आएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क १० प्रतिशतमा झारिएको थियो ।१३ प्रतिशत सेवा शुल्कले उपभोक्ताले ६५ रुपैयाँ तिर्नु पथ्र्यो तर अब भने यो शुल्क ५० रुपैयाँ हुने संघले जनाएको छ । यस हिसाबले हेर्दा इन्टरनेट शुल्कमा १६ रुपैयाँ ९५ पैसामात्र कमी आएको संघको भनाइ छ ।

यसबाहेक अन्य शुल्क भने यथावत रहेको छ । दूरसञ्चार सेवा शूल्कबाहेक हाल इन्टरनेट शुल्क भनेर ५०० र मर्मत सम्भार शुल्क ५ सय रुपैयाँ लाग्छ ।

बजेटले घोषणा गरेको छुटभन्दा अघि १ हजार २ सय ३ रुपैयाँ तिर्नुपर्नेमा ३ प्रतिशत घटेपछि १ हजार १ सय ८६ रुपैयाँ भएको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.