भेट्न आएका बालेनलाई प्रधानमन्त्री देउवाले भने तपाईले त चमत्कार नै गर्नुभयो

राजनिति समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र साहबीच भेटवार्ता भएको हो ।

उक्त भेटमा देउवाले साहलेलाई उहाँको विजयमा खुशी भएको भन्दै कार्यकालको शुभकामना दिनुभयो ।

भेट्नासाथ उहाँले भन्नुभयो, ‘तपाईँले चमत्कार गर्नुभयो । ५ वर्षे कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ । मलाई २४ सै घण्टा सम्झन सक्नुहुनेछ,’ भेटमा देउवाले भनेको कुरा बालेनले जानकारी दिनुभयो ।

देउवाले काठमाडौंको कार्यपालिकामा कांग्रेसको बहुमत रहेको भन्दै विकासको काममा सहयोग हुने प्रतिबद्धता जनाएको बालेन निकट स्रोतले बतायो ।

‘फोहोर मैला व्यवस्थापनका लागि जे जे उपाय छन् लगाउनुहोला । केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुन्छ,’ देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो ।

उहाँले विकासका योजनामा सहयोग गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्नुभयो, प्रधानमन्त्रीले जस्तोसुकै सहयोग गर्न तयार रहेको बचन दिनुभएको बालेन निकट स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published.