खाईपाईको अधिकृतको जागिर छाडेर मेयर लड्दा पछारिएका गिरीले फेरी निकाले अधिकृतमै नाम, सबैले भने तिमीले कमाल गर्यौ

समाचार

सरकारी जागिर छाडेर बनेपाको मेयर पदमा लडेर पराजित भएका व्यक्ति हुन् कञ्चन गिरी । गिरीले मेयरमा २ सय मत पनि कटाउन सकेनन् ।

चुनावमा पराजित भए लगत्तै गिरीले नेपाल विद्युत् प्राधिकरणको सातौँ तहको अधिकृतबाट राजीनामा दिएपनि फेरि सोही स्तरको जागिरमा नाम निकालेर चमत्कार गरेका छन् ।

जागीरबाट राजीनामा दिएका, मेयरमा पराजित भएका भ एता पनि गिरीले पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा अधिकृतमा नाम निकालेका हुन् ।

पुतली चुनाव चिह्नबाट निर्वाचन लडेका उनले १६१ मत पाएका थिए । गिरीले नाम निकालेसँगै सौभाग्यवश, भगवानले आफ्नो हात थामेको प्रतिक्रिया दिएका छन् ।

उनले भने शायद यसैलाई डिभाइन इन्टरभेशन भनिन्छ होला । मेरो नाम नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा अधिकृतमा निस्केसँग अब भने राजनीतिको कुरा नै नगर्ने बताएका छन् ।

आफ्नो लक्ष्य देश र जनताको सेवा गर्ने भएको भन्दै दायरा र जिम्मेवारी फरक भए पनि आफ्नो लक्ष्यमा विचलित नहुने उनले प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published.