काठमाडौं । आफ्नो पाद बेचेर करोडौं कमाएकी एक महिला केही दिनअघि अस्वस्थ भएकी थिइन् । सोही कारण उनी अस्पताल भर्ना हुनुपरेको थियो ।यो बीचमा आज हामी उनै यूट्यूबर स्टेफनी म्याटियोको बारेमा कुरा गर्न गइरहेका छौँ, जसले आफ्नो कमाईका लागि एक अर्को अनौठो व्यवसाय सुरु गरेकी छिन् ।
एक रिपोर्ट अनुसार ‘९० डे फ्यान्से’ शोमा देखा परेकी म्याटियोले आफ्नो स्तनको पसिना बेचिरहेकी छिन् ।आफूलाई ‘फार्टेप्रेन्योर’ भनेर चिनाउने ३१ वर्षीया महिलाले आफ्नो पाद अनलाइन बेचेर झण्डै २ करोड २५ लाख रुपैयाँ कमाएकी थिइन् ।
रिपोर्टका अनुसार उनी जारमा पाद भरेर प्रति जार एक लाख २० हजारमा बेच्ने गर्थिन् । पादको बढ्दो मागका कारण, उनले आफ्नो खुराक परिवर्तन गर्नुपरेको थियो ।थप पाद उत्पादन गर्न, स्टेफनीले हरेक दिन ३ प्रोटिन शेक, अण्डा र एक कचौरा कालो बीन सूप पिउने गर्थिन् । तर सोही डोजका कारण उनी अस्पताल भर्ना हुनुपर्यो । डाक्टरको सल्लाहमा उनले पादको व्यवसायबाट छिट्टै अवकाश लिनुपरेको थियो ।
पसिना निकाल्न कडा परिश्रम गर्नुपर्छ-अहिले स्टेफनी म्याटियो पूर्णतया स्वस्थ छिन् । उनले आफ्नो स्तनबाट निस्केको पसिना बेचेर हरेक दिन ६ लाख ४० हजार भन्दा धेरै रुपैयाँ कमाइरहेकी छिन् । स्टेफनी आफ्नो पसिना बोतलमा भरेर १८ प्लस वेबसाइटमा बिक्रीको लागि राख्ने गर्छिन् ।
आफ्नो अघिल्लो पादको व्यवसायको विपरीत, यसमा पसिना निकाल्न उनले धेरै कडा परिश्रम गर्नु पर्दैन । एक अन्तर्वार्तामा उनले पसिनाका लागि धेरै पानी पिएर घाममा बस्ने गरेको बताएकी थिइन् ।
पसिनाको गन्धले नजिक आएको महसुस गर्छन्-गर्मी हुँदा आफ्नो पसिनाले दिनमा १० बोतल भर्ने र प्रति बोतल ६१ हजार रुपैयाँमा बेच्ने गरेको उनले बताइन् ।उनको नयाँ व्यवसाय सुरु गर्नुको कारण उनको पसिनाको सुगन्ध वा स्वाद लिएर उनका फ्यानहरूले उनलाई नजिकबाट महसुस गर्न सक्छन् । नयाँ व्यवसाय हेर्दा सजिलो लाग्न सक्छ, तर यसमा धेरै प्रकारका जोखिमहरू पनि छन् ।
पादको व्यवसायबाट सिकेको पाठ -उनी चार घण्टा घाममा बसेर पसिना निकाल्छिन् । तर त्यो उनको स्वास्थ्यको लागि खतरनाक हुन सक्छ ।तर, आफ्नो अघिल्लो व्यवसायबाट पाठ सिकेको उनको भनाई छ । उनी यसपटक कुनै हतार गरिरहेकी छैनन् ।
उनी भन्छिन्, ‘मेरो शरीरमा कुनै हानि नहोस् भनेर म बुद्धिमानीपूर्वक आफूलाई सही दिशामा लैजान चाहन्छु ।’ यसैले निक्कै सुरक्षित तरिकाले पसिना निकालिरहेकी हुन्छु ।