पूर्वराजा भन्दैमा ज्ञानेन्द्र शाहले यस्तो गर्न मिल्छ ? अब देउवा सरकारले डण्डा चलाउछ ?

समाचार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यलाई ठगिरहेको खुलासा भएको छ । पूर्वराजा शाहले झण्डै २ करोड विद्युत् महसुल नेपाल विद्युत् प्राधिकरणलाई नतिरेको खुलासा भएको हो ।

यो खुलासापछि उनीमाथि गम्भीर प्रश्न उठेको छ । विश्लेषकहरुले पूर्वराजा भन्दैमा ज्ञानेन्द्र शाहले यस्तो गर्न पाउँछन् ? भन्दै प्रश्न गरिरहेका छन् । बक्यौता नतिरे सरकारले कारवाही गर्नुपर्ने उनीहरुको भनाई छ ।

सरकारले उपलब्ध गराएको नागार्जुन दरबारमा रहेका नौवटा मिटरमध्ये आठवटाको जरिवानासहित १ करोड ९५ लाख २८ हजार ७ सय ६४ रुपैयाँ महसुल वक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

दरबारक्षेत्रमा रहेको चरा पालेको घरको महसुल डेढ वर्षअघिदेखि नेपाली सेनाले तिरिरहेको छ भने ग्राहक नम्बर २१६.२६.२०३ लाई भने प्राधिकरणले कालो सूचीमै राखेको छ ।

वक्यौता उठाउन प्राधिकरणको बालाजु वितरण केन्द्रले विभिन्न निकायमा लिखित पत्र पठाए पनि सबै निकायले आफ्नो जिम्मा नभएको भन्दै पन्छिरहेको नेपाल विद्युत् प्राधिकरण, बालाजु वितरण केन्द्रका प्रमुख विधान पोखरेलले बताए ।

सरकारले भने सबै प्रकारका कर र महसुल पूर्वराजपरिवारबाटै असुल गर्नुपर्ने निर्णय गरिसकेको छ । तर, पूर्वराजा ज्ञानेन्द्र शाहका सहयोगी फणिराज पाठकले भने सो महसुल नेपाल सरकारले नै तिर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published.