फोहोरी राजनीति गर्दिन भन्दै बालेनको बोलीमा बोली मिलाउने उपमेयर सुनिताको बोली पदभार ग्रहण गरेको दुई दिन नबित्दै फेरिएको हो ? (भिडियोसहित)

समाचार

काठमाडौं । नेकपा एमालेबाट नवनिर्वाचित काडमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पदभार ग्रहण गरेपछि स्वतन्त्रबाट जितेका मेयर बालेन साहको बोलीमा बोली मिलाइन् । सुनिताले आजदेखि अबको ५ बर्ष पार्टी राजनीति बिर्सेको बताइन् । तर त्यसको केही दिनपछि बुधबार सुनिताले पार्टी निकट भातृ संगठनले आयोजना गरेको कार्यक्रममा पार्टीको गाइडलाइन मान्ने बताएकी छन् ।

उनको यो अभिव्यक्तीपछि कतै सुनिताको बोली फेरिएको छ होईन भन्दै प्रश्न उठेको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर विकासका लागि आफूले ‘तीन स’ को नीति लिएको भन्दै त्यसमा नेकपा एमालेको घोषणापत्र अनुसार नै कार्यन्वयनमा अघि बढ्ने बताएकी छन् ।

एमाले निकट नेपाल निजामति कर्मचारी संगठनले काठमाडौं उपत्यकाभित्र एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले पार्टीको ‘गाइडलाइन’ अनुसार चल्ने बताइन् ।

डंगोलले भनिन्–देशभर निर्वाचित जनप्रतिनिधिले पार्टीको गाइडलाइन फलो गर्नेछौं । संगठन नै हाम्रो शक्ति हो,सबै कमरेडहरुको साथ सहयोग र संगठनको बलमा हामी सफल हुने हो । तपाईहरु हुनुहुन्छ र हामी छौं । सहकार्य र सबैको साथ आवश्यक छ । उनले तीन स अन्तर्गत सहमति,सहकार्य र सह अस्तित्वको सिद्धान्तलाई अघि सारेकी छन् ।

Leave a Reply

Your email address will not be published.