मर्यादाक्रम हेरफेरको तयारी , पुर्वराजा ज्ञानेन्द्र शाहलाई यो स्थानमा राख्दै ,

राजनिति समाचार

सरकारले मर्यादाक्रममा हेरफेर गर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो। हेरफेर गरिएको मर्यादाक्रममा पहिलोपटक शिक्षकहरूलाई पनि समावेश गरिएको छ। यसै गरी प्रदेशसभा सचिवालयमा कार्यरत कर्मचारीलाई पनि पहिलोपटक मर्यादाक्रममा राखिएको छ ।

मन्त्रालय स्रोतका अनुसार पूर्वराजालाई पनि मर्यादाक्रममा समेटिएको छ। बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई मर्यादाक्रममा पहिलो र दोस्रो स्थानमा राखिएको छ। यो खबर आजको नागरिक दैनिकले छापेको छ।यसैगरी मर्यादाक्रमको तेस्रो स्थानमा प्रधानमन्त्री र चौथोमा प्रधानन्यायाधीश, पाँचौँमा प्रतिनिधिसभाका सभामुख राष्ट्रियसभाका अध्यक्षलाई राखिएको छ।

मर्यादाक्रमको छैटौँ स्थानमा पूर्वराष्ट्रपति र पूर्वराजालाई राखिएको छ। पूर्वराजाको स्थान पूर्वराष्ट्रपति पछाडि छ। पूर्वराजापछि छैटौँ स्थानमै बहालवाला उपप्रधानमन्त्री र पूर्वउपराष्ट्रपलिाई राखिएको छ।

पूर्व राष्ट्रप्रमुखका रूपमा पूर्वराजालाई पहिलोपटक मर्यादाक्रममा राखिएको गृह मन्त्रालयका कर्मचारी बताउँछन्। मर्यादाक्रम परिमार्जन गर्न मन्त्रालयले पोखरेलको नेतृत्वमा कार्यदल बनाएको थियो।

यो पनि पढ्नुहोश:सप्तकोशी नदीमा हाम फालेका एक पुरुषलाई सशस्त्र प्रहरीको टोली सकुशल उद्धार गरेको छ । सशस्त्र प्रहरी सप्तरीका उपरीक्षक प्रदीप खड्काका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बुधबार बेलुकी ७ बजेर १५ मिनेटतिर हाम फालेका व्यक्तिको उद्धार गरिएको हो ।झापाको कमल गाउँपालिका–५ निवासी ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बू सप्तकोशी पुलको बीचको नोजबाट नदीमा हाम फालेका थिए ।

उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हवल्दार उद्धवप्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीयको सहयोगमा ती व्यक्तिको उद्धार गरेको हो ।उद्धार गरी लिम्बूलाई सम्झाइबुझाइ घर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.