३६ जिल्लाका ११३ भन्दा धेरै महिलालाई फोन गरेर छाडा कुरा गर्ने व्यक्ति पक्राउ

समाचार

भारतका विभिन्न ३६ जिल्लाका ११३ भन्दा धेरै महिलालाई फोन गरेर छाडा कुरा गर्ने रावेन्द्र मौर्य पक्राउ परेका छन् । ४५ वर्षका मौर्यलाई उत्तर प्रदेशको कौशाम्बी प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध ११३ महिलाले उजुरी दिएका थिए । फोनमा महिलालाई दुर्व्यवहार गर्ने मौर्यलाई कौशाम्बी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीबाट बच्नको लागि आरोपीले फोन कल गर्दा बारम्बार लोकेशन परिवर्तन गर्ने र बारम्बार सिम पनि परिवर्तन गर्ने गर्दथे । महिलालाई दुर्व्यवहार गर्न फोन गर्दा गाउँबाहिर खेतमा बसेर फोन गर्थे र गाउँमा आएर फोन बन्द गरिदिन्थे । महिलाको फोन नम्बर पत्ता लगाउन मनमानी ढंगले १० नम्बर डायल गर्थे ।

फोन गर्दा अर्को तर्फबाट कुनै महिला वा केटीको आवाज आयो भने कुरा गर्थे र पुरूषको आवाज सुनिएमा फोन काटिदिन्थे । कौशाम्बी प्रहरीले महिला पावर लाइनबाट आएका उजुरीसँग अभियुक्तको तथ्यांक मिलाउँदा आधा राज्यका महिलालाई यी पुरुषले दुर्व्यवहार गरेको थाहा भयो ।

४५ वर्षीय रावेन्द्र मौर्यलाई लखनउदेखि कानपुर, अम्बेडकरनगर, वाराणसी, बलरामपुर, झाँसी, गोंडा, महाराजगञ्ज हमीरपुरलगायत ३६ जिल्लामा प्रहरीले खोजिरहेको थियो। राजधानी लखनउमा मात्रै रवीन्द्रविरुद्ध १९ मुद्दा दर्ता छन् । यस बाहेक उन्नाव-कानपुर-अम्बेडकरनगरमा ७-७, प्रयागराजमा ६, रायबरेली र सीतापुरमा ५-५ मुद्दा दर्ता छन्।

रवीन्द्र मौर्यविरुद्ध ३६ जिल्लामा ११३ महिलाले उजुरी दिएका छन् । यस्तै एक महिलाले अश्लिल कुरा गर्न नमानेमा ज्यान मार्ने धम्की दिएर अपरिचित नम्बरबाट दुर्व्यवहार गरेको भन्दै कौशाम्बी प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले मोबाइल नम्बरबाट फोन ट्रेस गरी कोरियांन गाउँका रविन्द्र मौर्यलाई पक्राउ गरेको हो ।

११३ जना महिलाले यी पुरुषविरुद्ध एफआइआर दर्ता गरेका थिए । हाल ३६ जिल्लाका महिलालाई दुर्व्यवहार गर्ने रविन्द्र मौर्यलाई कौशाम्बी प्रहरीले पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published.