केटी–केटीबीच शारीरिक सम्बन्ध थाहा पाएपछि घरभित्रै कैद, अदालतले सँगै बस्न दियो अनुमति

राेचक

काठमाडौं । उच्च अदालतले एक समलिङ्गी जोडीलाई सँगै बस्न अनुमति दिएको छ । भारतको केरला उच्च अदालतले राज्यका एक समलिङ्गी जोडीलाई सँगै बस्न अनुमति दिएको हो ।

दुवै युवती आफ्नो सम्बन्धको बारेमा परिवारका सदस्यलाई बताए, तर परिवारले स्वीकार गरेन ।त्यसपछि परिवारका सदस्यले दुवैलाई छुट्टाउने प्रयास पनि गरेका थिए । रुपान्तरण चिकित्सा पनि गरियो । तर अन्ततः एउटा एनजीओको सहयोगमा दुवैले सँगै बस्ने अनुमति पाएका छन् ।

समलैङ्गिक जोडीको रोचक कथा
आदिल नाजरीन र नूरा फातिमा साउदी अरबमा आफ्नो स्कूलको समयमा भेटिएका थिए । उनीहरु विगत केही वर्षदेखि सम्बन्धमा छन् ।

मे १९ मा दुवैले आफ्नो परिवारलाई आफूहरु समलैंगिक भएको र एकअर्कालाई मन पराउने गरेको कुरा बताए । उनीहरुको सम्बन्धमा परिवारले आपत्ति जनायो ।

परिवारले नमानेपछि दुवैले घर छोडे, उनीहरु त्यही दिन कालीकटको वनजा कलेक्टिवमा आश्रय लिए । वनजा कलेक्टिभ एक त्यस्तो संस्था हो, जसले समलिङ्गी समुदायका लागि काम गर्छ ।

सोही रात दुवैका अभिभावक वनजा कलेक्टिभ पुगेर छोरीहरूलाई लैजान खोजे । त्यस काममा नूराका आमाबुवा सफल भएनन् । तर अदिलाका आमाबुवा दुवैलाई साथमा लैजान सफल भए । उनीहरुले दुवैलाई राम्रोसँग हेरचाह गर्ने आश्वासन समेत दिएका थिए ।

त्यसपछि दुवै युवतीलाई आदिला आमाबाबुलाई जिम्मा लगाइयो । जानकारी अनुसार अदिलाका आफन्तको घरमा उनीहरुलाई राखिएको थियो । त्यहाँ आदिलाको परिवारले दुवैलाई भावनात्मक रूपमा फसाएको बताइएको छ । संस्थाबाट बाहिर निकाल्नका लागि उनीहरू एकदम नरम भएर पेश आएका थिए, जसकारण दुई केटीहरू नराम्रोसँग फस्ने डर थियो ।

घर लगेर गएपछि परिवारले राती सुत्न नदिएको आदिलाले आरोप लगाएकी छन् । फेरि घर छाडेर जाने डरले सुत्न दिने गरिएको थिएन । त्यसपछि उनीहरुलाई त्यहाँ ‘कैद’ गरेर राखिएको थियो ।

मे २३ मा नूराका आमाबुवाले कालीकटको थामरसेरी प्रहरी चौकीमा छोरी हराएको उजुरी दर्ता गराए । उजुरीका आधारमा प्रहरीले २४ मेमा दुवैलाई बोलायो । दुबै जना प्रहरी चौकी गए । प्रहरीले दुवै महिला वयस्क भएको भन्दै अभिभावकको ‘झूटो’ उजुरीमा कारबाही गर्न अस्वीकार गर्यो । त्यसपछि उनीहरूलाई अदिलाको घरमा लगियो ।

त्यसपछि नुराकी आमा, हजुरआमा र काकी आदिलाको आफन्तको घर पुगे, जहाँ दुवैलाई राखिएको थियो । उनीहरूले नुरालाई त्यहाँबाट लगेर गए । नूरालाई लिएर जाँदा आफूले रोक्न खोज्दा बुवाले रोकेको आदिलाले आरोप लगाएकी छन् । आदिलाकी साथी र वनजा कलेक्टिभका एक सदस्य धान्याले नूरालाई जबरजस्ती लगेका देखेका थिए ।

नूराका परिवारका सदस्यहरूले उनलाई शारीरिक दुव्र्यवहार गर्न सक्छन् भन्ने उनीहरूको विश्वास थियो । धान्याले भनिन्, ‘नुराकी काकीले भनेकी थिइन्, ‘एकपटक उनी (नुरा) ले पुरुषको खुशी (शाररिक सुख) महसुस गरेपछि सबै कुरा बदलिन्छ ।’

मुद्दा केरला उच्च अदालमा कसरी पुग्यो ?
अब यहाँ वनजा कलेक्टिभले काम गर्यो । घटनाबारे थाहा पाउने बित्तिकै संस्थाले बिनानीपुरम प्रहरीलाई खबर गरेको थियो । प्रहरी आदिलाका आफन्तको घरमा पुग्यो । तर त्यतिन्जेलसम्म नूरालाई उनका परिवारका सदस्यले लगेर गैसकेका थिए ।

प्रहरीले आदिलालाई उद्धार गरी आश्रय गृहमा पठायो । मे २७ मा वनाजा कलेक्टिभ र अदिलाले नुराको परिवारविरुद्ध उजुरी दिए । कालीकटको थामरासेरी प्रहरीलाई सम्पर्क गर्दा प्रहरीले पारिवारिक समस्या भएको भन्दै एफआईआर दर्ता गर्न मानेन् ।

प्रहरीका अनुसार यो पारिवारिक समस्या हो, उनीहरू यसमा संलग्न हुन सक्दैनन् । नुराको परिवारले एक भिडियो बिनानीपुरम प्रहरीसम्म पठाएको थियो ।

भिडियोमा नूरा आफ्नी आमाको छेउमा उभिएर भन्दै थिइन्, ‘मेरो नाम नूरा हो । म समलिङ्गी हुँ र मेरो जीवनसाथीको नाम आदिला हो । म यहाँ सुरक्षित छु । म उहाँ (अदिला) सुरक्षित छिन् भन्ने आश्वासन चाहन्छु ।’ तर, नूराले कहाँबाट भिडियो बनाएकी थिइन् भन्ने कुरा खुलाइएको थिएन् ।

परिवारका सदस्यहरूले गरे रूपान्तरणको प्रयास-मे २९ मा आदिला र नुराबीच फोनमा कुरा भयो । नूराले आदिलालाई परिवारका सदस्यहरूले आफूलाई रूपान्तरण थेरापीका लागि जबरजस्ती गरिरहेको बताइन् ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार नूरा फोन गर्दा काउन्सिलर र आमाको साथमा थिइन् । अदिलाले भनिन्, ‘नूराले मलाई धेरै कुरा बताउन चाहेको जस्तो देखिन्छ, तर फोन लाउडस्पीकरमा थियो ।’ काउन्सिलरले आदिलालाई नूरासँग फेरि कुरा गर्न चाहेमा अनुमति लिनुपर्ने बताइन् ।रूपान्तरण थेरापीले कसैको शाररिक सुखको झुकाव वा लिङ्ग पहिचान परिवर्तन गर्ने दाबी गर्छ । यो थेरापीले समलिङ्गी हुनु एउटा रोग हो भन्ने सिद्धान्तमा काम गर्छ । जबकि समलिङ्गी हुनु एक स्वभाविक प्रक्रिया हो । धेरै देशहरूमा रूपान्तरण चिकित्सा प्रतिबन्धित छ । मे २९ मा वनजा कलेक्टिभ र आदिलाले केरला उच्च अदालतमा हेबियस कोपस याचिका दायर गरे ।

अदालतले दम्पती बाहेक अरू कसैलाई कारवाहीमा आउन अनुमति दिएन । वनजा कलेक्टिभका अनुसार ५ देखि ६ मिनेटको अदालती कार्यवाहीमा आदिला र नुरालाई अदालतले सँगै बस्न चाहेको हो भनेर सोधेको थियो । जवाफमा उनीहरूले हो भने । अहिले उनीहरु सँगै छन् । तर, नूरालाई परिवारले कैदमा राख्दा के भयो भन्ने कुरा अहिलेसम्म थाहा भएको छैन ।

Leave a Reply

Your email address will not be published.