मोडल सोनिका रोकायाको ….. समान भिडियो आएको भन्दै ट्रोलको सिकार

मनोरंजन समाचार

काठमाडौं । मोडल सोनिका रोकाया ट्रोलको सिकार भएकी छिन् ।डान्सिङ स्टार्स नेपालको १७औं एपिसोडमा उनको प्रस्तुतीलाई लिएर अहिले सामाजिक सञ्जालमा कटाक्ष गरिएको हो ।मोडल सोनिका रोकाया र कोरियोग्राफर दिलीप ओखेडाको जोडीले गरेको उक्त डान्सको क्लिप अहिले सामाजिक सञ्जालभर भाइरल गराइएको छ ।

भाइरल भिडियोमा दिलीपले सोनिकाको संवेदनशील अंगमा छोएका छन् । डान्सका नाममा छाडापन फैलाएको आरोप पनि धेरै दर्शकले लगाइरहेका छन् ।यो डान्स नभएर पोर्नग्राफी समान भएको भन्दै कमेन्टपनि आएका छन् । अर्काथरीले सोनिका र दिलीपले भारतीय कलाकारको स्टेपलाई हुबहु चोरी गरेको आरोप लगाएका छन् ।

सो भिडियोमा प्रतिकृया दिदैँ कतिपयले पूर्वयुवराज पारस शाहलाई पनि याद गरेका छन् । डान्सिङ स्टार्स नेपाल शुक्रबार साँझ ८ बजे हिमालय टेलिभिजनमा प्रसारण हुँदै आएको छ ।शोको निर्णायकमा दिलीप रायमाझी, रेनिशा राई र गौरी मल्ल छन् । आफूले मन पराएको जोडीलाई भोट गर्नका लागि खल्ती एप वा वेबसाइटमा गएर गर्न सक्नुहुन्छ ।

मिरुनाको अपिल : सही काम गर्न कहिल्यै समय गलत हुँदैन, अन्यायविरुद्ध सधैं लडौं-काठमाडौं । दर्शकलाई दुर्व्यवहारको आरोप लगाएर थुनाएपछि विवाद एवम् चर्चामा रहेकी नायिका मिरुना मगरले ‘सही काम गर्न कहिल्यै समय गलत नहुने’ भन्दै अन्याय एवं हिंसाविरुद्ध लड्न आममहिलालाई अपिल गरेकी छन् ।

उनले भनेकी छन्– कुनै धर्मविरुद्ध मैले आरोप लगाएकी होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ, म कसैलाई अन्याय नसहन आग्रह गर्दछु ।अन्यायविरुद्ध लड्न अहिले कठिन भएपनि भोलिका दिनमा अवश्य परिवर्तन हुने विश्वास व्यक्त गर्दै उनले लेखेकी छन्– कुनै पनि सही कर्म गर्नका निम्ति समय गलत हुँदैन ।

कबड्डी– ४ की नायिका मगरले चलचित्र हेर्न आएका दर्शक फूर्पा तामाङ (लामा भिक्षु) ले आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी विवादमा आएकी थिइन् ।

तामाङले दुर्व्यवहार गरेको भन्दै माफी मगाएकी मगरले पुलिस केस गरेपछि बौद्ध धर्मावलम्बी आक्रोशित भएका थिए ।अहिले उनीहरुबीच मिलापत्र भएको छ । नायिका मगरले फूर्वाविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएपछि सर्वत्र प्रर्दशन भएको थियो ।प्रर्दशनका क्रममा कबड्डी– ४ ब्यानर च्यात्नु, जलाउनु गुर्नका साथै फिल्म हल र चलचित्र विकास बोर्ड घेराउ गरिएको थियो ।

जातिय हिंसा भड्किन सक्ने संकेत देखेर कबड्डी– ४ निर्माण पक्षले अभिनेत्री मगरलाई मिलापत्रका लागि दवाव दियो । यही क्रममा अभिनेत्री मगरलेपनि भाई सम्झिएर माफी दिएको भन्दै अब फेरी यो घटनालाई दुबै पक्षले नउचाल्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

Leave a Reply

Your email address will not be published.