‘नेप हपको श्रीपेच’लाई बालेनकाे निरन्तरता

मनोरंजन समाचार

काठमाडौं । नवनिर्वाचित काठमाडौंका मेयर बालेन साहले र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’को निर्णायकमा निरन्तरता दिने भएका छन् । शोका निर्देशक निकेश खड्काले बालेन नै जुरीको रुपमा निरन्तर हुने बताए ।

मेयर बालेन साह कार्यालयको काममा निकै व्यस्त छन् । आफ्नो कामको चटारोबाट केही घण्टा फुर्सद निकालेर उनी ‘नेपहपको श्रीपेच’को जजको भूमिका निर्वाह गर्न सुटिङ सेटमा पुग्ने गरेका छन् ।

बालेनको व्यस्ततालाई ख्याल गर्दै कार्यक्रमको सुटिङ समय निर्धारण गरिएको छ । मेयर भइसकेपछि बालेनको व्यस्तताका कारण उनले जुरीको कामलाई निरन्तरता दिने वा नदिनेबारे अन्योल थियो ।

‘एग्रिमेन्टअनुसार नै बालेनजी जुरीको रुपमा निरन्तर हुनुहुनेछ,’ खड्काले भने । अन्य दुई जुरीमा र्‍यापरद्वय मानस घले र गिरीश खतिवडा पनि छन् । ग्रान्ड फिनाले चाहिं असार १४ गते हुने जनाइएको छ ।

कार्तिक र कियारा स्टारर ‘भुल भुलैया–२’ले ११ दिनमा कमायो १७९ करोड-काठमाडौं– बलिउड अभिनेता कार्तिक आर्यन तथा अभिनेत्री कियारा आडवाणी स्टारर फिल्म ‘भुल भुलैया–२’ले प्रदर्शनको ११ औं दिनसम्म विश्वभरबाट १७९ करोड ६४ लाख करोड भारतीय रुपैयाँ कमाएको छ। भारतीय फिल्म विश्लेषक तरण आदर्शकाअनुसार फिल्मको हालसम्मको कमाइ यो मात्रामा भएको छ।

‘भुल भुलैया–२’ कार्तिकको बक्स अफिसमा हिट भएको फिल्मको सूचीमा सामेल भएको छ। योसँगै कार्तिकले आफ्ना पछिल्ला ६ मध्ये ५ हिट फिल्म दिएका छन्। जसमा ‘धमाका’, ‘पति पत्नी और वो’, ‘लुका छुपी’, ‘सोनू के टिटु की स्वीटि’लगायतका फिल्महरु रहेका छन्।

हाल प्रदर्शनमा रहेको ‘भुल भुलैया–२’ले भारतमा मात्रै प्रदर्शनको ११ औं दिनमा मात्रै ५ करोड ५५ लाख भारतीय रुपैयाँको व्यापार गरेको छ। फिल्मले भारतमा मात्रै पहिलो साता ९२ करोड ५ लाख भारतीय रुपैयाँको व्यापार गरेको थियो।

फिल्मलाई अनिस बम्जीले निर्देशन गरेका छन्। यो फिल्म २००७ मा प्रदर्शनमा आएको अक्षय कुमार स्टारर चर्चित हरर कमेडी फिल्म ‘भुल भुलैया’को सिक्वेल हो।

Leave a Reply

Your email address will not be published.