२४ वर्षीया क्षमा बिन्दुले गर्दैछिन् अहिलेसम्मकै अनौठो बिहे !

राेचक

काठमाडौं । नेपालमा विवाहलाई सात जन्म सम्मको सम्बन्ध मानिन्छ । जसकारण मानिसहरुले बिहेलाई विशेष बनाउन धेरै प्रयास गर्छन् ।यो बीचमा भारतमा एक युवतीले अनौठौं तरिकाले विवाह गरेकी छिन् । भारत, गुजरातकी क्षमा बिन्दुले जुन ११ मा विवाह गर्दैछिन् ।तर उनको विवाह अहिले चर्चामा रहेको छ । वास्तवमा, वडोदरामा बस्ने २४ वर्षीया क्षमा बिन्दुले आफैंसँग बिहे गर्न लागेकी छिन् ।

यो बिहेमा रीतिरिवाज, सात फेरादेखि लिएर परम्परागत अनुष्ठानसम्म सबै कुरा गरिनेछ । तर दुलाह भने छैनन् । त्यसलाई गुजरातको पहिलो स्व–विवाह वा एकविवाह भनिएको छ ।

दुलही बन्न चाहान्छु तर बिहे गर्न चाहन्न-यस एकविवाहको बारेमा क्षमा भन्छिन्, ‘म कहिल्यै विवाह गर्न चाहन्न, तर म दुलही बन्न चाहन्थे । त्यसैले मैले आफैंसँग विवाह गर्ने निर्णय गरें ।’ आफैंसँग विवाह गरेर उदाहरण बन्ने आफू नै भारतको पहिलो केटी भएकोजस्तो उनलाई लाग्छ ।

महिलाहरुको पनि महत्व छ-निजी कम्पनीमा काम गर्ने क्षमा भन्छिन्, ‘मानिसहरूले यस्तो विवाहलाई अप्रासंगिक मान्न सक्छन्, तर म यो बताउन चाहन्छु कि समाजमा महिलाहरूले पनि महत्त्व छ ।

मानिसहरूले आफूले माया गरेको व्यक्तिसँग विवाह गर्छन् । म आफैलाई माया गर्छु त्यसैले मसँग विवाह गर्दैछु ।’

हनिमुनमा गोवा जाँदै -क्षमा बिन्दुका आमाबुवा पनि छोरीको निर्णयलाई लिएर खुशी छन् । उनीहरुले छोरीलाई आशीर्वाद पनि दिएका छन् ।

क्षमाले गोत्रीको मन्दिरमा विवाहपछि पाँचवटा कुराहरु मागेकी छिन् । विवाहपछि क्षमाले हनिमुनका लागि गोवा जाने बताएकी छिन् । जानकारी अनुसार त्यहाँ उनी दुई साता बस्नेछिन् ।

Leave a Reply

Your email address will not be published.