सत्ता गठबन्धन भाड्न गम्भीर भित्री षड्यन्त्र बाहिरियो, कोटेश्वरमा कसले फाल्यो प्रधानमन्त्रीको कार्ड ?

राजनिति

काठमाडौं । राष्ट्रिय राजनीतिमा फेरबदलको संकेत देखिन थालेका छन् । वर्तमान सत्तागठबन्धन फुटाउने षडयन्त्रमा सत्ता गठबन्धनकै नेताहरु लागेका हुन् । आरोप–प्रत्यारोपसहित प्रधानमन्त्री देखि राष्ट्रपतिसम्मका अफरमा शीर्ष नेताहरु लागेका छन् ।

यसैबीच, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्री बन्ने अफर आएको दाबी गरेका छन् । सुर्खेतमा बिहीबार आयोजित कार्यकर्ता प्रशिक्षणमा नेपालले प्रधानमन्त्री बन्ने अफर आएपनि षडयन्त्रकारीको त्यस्तो लोभमा आफू नफस्ने स्पष्ट पारेका हुन्।

उनले प्रधानमन्त्री बन्ने अफर कसले गर्‍यो भन्ने चाँहि खुलाएनन् । वर्तमान सत्ता गठबन्धन टुटाउने उद्देश्यले षडयन्त्रकारीहरुले प्रधानमन्त्रीको कार्ड फाल्न थालेको अध्यक्ष नेपाललको भनाई थियो ।

पूर्वप्रधानमन्त्री नेपालले भने, ‘नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मात्र होइन मलाई पनि प्रधानमन्त्रीको फर आइरहेको छ । तर म त्यस्तो लोभमा पर्दिनँ ।’

नेपालले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनमा वामगठबन्धन हुने हल्ला चलाईएपनि त्यो तत्काल सम्भव नरहेको समेत स्पष्ट पारे । उनले अहिलेको सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने धारणा राखे।

Leave a Reply

Your email address will not be published.