तारा एयर दुर्घटना : मृतकको रीतिरिवाज अनुसार अन्त्येष्टि गरियो

समाचार

काठमाडौं, १९ जेठ:तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन चालक दलका सदस्य र १९ यात्रुको निधन भएको थियो ।

सोमबार र मंगलबार दुई दिन लगाएर काठमाडौं ल्याइएको शव पोष्टमार्टमपछि बिहीबार आफन्तलाई बुझाइएको छ । शव बुझेसँगै आफ्नो रीतिरिवाजअनुसार अन्त्येष्टि गरिएको छ ।

सो दुर्घटनामा धनुषा मिथिला नगरपालिका ११ का एकै परिवारका सात जनाको मृत्यु भएको थियो । राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको हो ।

सशस्त्र प्रहरीबाट सप्तकोशी नदीमा हाम फालेका व्यक्तिको उद्धार-१९ जेठ, सप्तरी :सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिलाई सशस्त्र प्रहरीले उद्धार गरेका छन् ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित सप्तकोशी नदीमा बुधबार बेलुकी ७ बजेर १५ मिनेटतिर हाम फालेका व्यक्तिको उद्धार गरिएको सशस्त्र प्रहरी सप्तरीका उपरीक्षक प्रदीप खड्काले जानकारी दिए ।

उनका अनुसार झापाको कमल गाउँपालिका-५ निवासी ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बु सप्तकोशी पुलको बीचको नोजबाट नदीमा हाम फालेका थिए । उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धव प्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीको सहयोगमा उद्धार गरेको हो ।

उद्धार गरी लिम्बुलाई सम्झाइ बुझाइ घर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।निर्वाचन आयोगले गठन गरेको छानबिन समितिले बाजुराको बुढीगंगा नगरपालिकाको मतदानमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले हस्तक्षेप गरेर निर्वाचन बिथोल्न खोजेको निष्कर्ष निकालेको छ ।

निर्वाचन आयुक्त सगुनशमशेर जबराले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा महान्यायाधिवक्ता खातीले निर्वाचनमा खटिएका अधिकारीलाई बारम्बार फोन गरी दबाव दिएको र निष्पक्ष निर्वाचनलाई प्रभावित पार्न खोजेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.