एकै परिवारका सात जनाको अन्त्येष्टि, झलनाथले गरे अन्तिम बिदाइ (केहि भाबुक तस्बिर सहित)

समाचार

तारा एयर दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका सात जनाको बिहीबार अन्तिम संस्कार गरिएको छ । गत आइतबार पोखराबाट जोमसोम जाने क्रममा सो विमान दुर्घटना भएको थियो ।

दुर्घटनामा धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ, राजन गोले, इन्द्रबहादुर गोले, राममाया गोले, पुरुषोत्तम गोले र तुलसादेवी तामाङको मृत्यु भएको थियो ।शवको पोस्टमार्टम सकिएपछि बिहीबार टिचिङ अस्पतालबाट आफन्तलाई शव हस्तान्तरण गरिएको थियो । शव हस्तान्तरण गरेलगत्तै मृतकको अन्तिम संस्कार गरिएको हो ।

स्वयम्भूमा गरिएको अन्तिम संस्कारमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पुगेर पार्टीको धनुषा जिल्ला कमिटीका सदस्य रहेका राजन गोलेको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.
फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्ने!-काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले बुधबार पठाएको मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेको निगमले जनाएको छ ।निगमका अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ । मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ । डिजेलको हकमा भने प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ । त्यस्तै, ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ । निगमले भारतबाट आएको सूचीअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्ने गरेको छ ।

भारतले पठाएको नयाँ मूल्यसुचि अनुसार पेट्रोल प्रतिलिटर २०२।९३ रुपैयाँ, डिजेलको प्रतिलिटर १८२.७३ रुपैयाँ, मट्टितेल १४७.९२ रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५५१.१५ रुपैयाँ पुगेको छ ।पछिल्लो समय लगातार मूल्य बढिरहे पनि नेपाल आयल निगमको घाटा झन् बढ्दै गएको छ । इन्डियन आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्यमा नेपाल आयल निगमको घाटा थप बढेको हो । जसको कारण रुस र युक्रेनबीचको युद्ध कारक मानिएको छ ।

निगमले जुन महिनाको लागि पहिलो किस्ताबापत १६ अर्ब र बाँकी बक्यौता १६ अर्ब गरी कुल ३२ अर्ब रुपैयाँ जुन ८ तारिखमा तिर्नुपर्ने अवस्था रहेको जनाएको छ ।यो आर्थिक वर्षको वैशाख मसान्तसम्म अर्थात १० महिनामा करिब ४७ अर्ब नोक्सानी भइसकेको जनाउँदै निगमले असार मसान्तसम्म यस्तो नोक्सानी ६० अर्ब पुग्ने अनुमान गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्ने र यही अवस्था रहने हो भने पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण सहज बनाइराख्न इन्धनको मूल्य लागत सरह नै कायम गर्नुपर्ने निगमले जनाएको छ ।

निगमले फेरि मूल्य समायोजनका नाममा पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढाउने सम्भावना बढेको छ । यसअघि सरकारले बजेटमार्फत डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ। सरकारले डिजेल र पेट्रोलमा लिटरमा १०– १० रुपैयाँका दरले पूर्वाधार कर घटाएको हो। कर घटाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पठाईएको र अब मूल्य घटाउने वा निगमको घाटा घटाउने निर्णय मन्त्रालयले गर्ने बताइएको छ ।

पूर्वाधार कर घटाएपनि डिजेल र पेट्रोलको मूल्य भने अहिलेको तुलनामा बढ्ने देखिएको छ । अहिले सरकारले पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ कर लिँदै आएको छ। सरकार अहिले ११७ रुपैयाँ १८ पैसामा किनेको पेट्रोलमा ६३ रुपैयाँ २३ पैसा कर उठाएर जनतालाई १८० रुपैयाँमा बेच्दै आएको छ ।त्यसमा भन्सार शुल्क, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क समेटिन्छ।

पेट्रोलियम पदार्थमा भइरहेको नोक्सान परिपूर्तिको क्रममा निगम स्रोतबिहीन भएको छ। यसअघि वाणिज्य बैंकहरूमा रहेको संस्थाको निक्षेप र आफ्नो कोषको रकम समेत सकिएको छ।

Leave a Reply

Your email address will not be published.